Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७७ · 0
जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला
50
SHARES
ShareTweet

बुटवल, ६ असोज । जागरण मिडिया सेन्टरको अध्यक्षमा कमला विश्वकर्मा चयन हुनु भएको छ । मंगलबार बुटवलमा भौतिक दुरी तथा भर्चुअल माध्यममार्फत गरिएको २१ औं साधरणसभा तथा ७ औं अधिवेशनले कमलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
७ औं अधिवेशनबाट सेन्टरको बरिष्ठ उपाध्यक्षमा मिलन परियार, उपाध्यक्षमा सोना खटिक, महासचिवमा भिम घिमिरे, सचिवमा कृष्ण दर्नाल र कोषाध्यक्षमा सुशिल दर्नाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रमुख निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार अधिवेशनले दिनेश परियार, पूर्ण विक, रमेश बादी गन्धर्व, रिङ्कु दास र जोगलाल नेपाली सदस्यामा निर्वाचित हुनुभएको छ ।
यस अघि साधारण सभा तथा अबिधेशन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सिमान्तकृत समुदायका मुद्धा स्थापित गर्नका लागि बैकल्पिक मिडियाको आवश्यक्तामा जोड दिएका थिए । उनीहरुले नेपाली सञ्चारमाध्यममा अहिले पनि पिँधमा पारिएका समुदायको आवाज मुखरित हुन नसकेको समेत औंल्याएका छन् । कार्यक्रममा बोल्दै अग्रज पत्रकार बालकृष्ण चापागाईले बुद्धकालमा समेत जातीय विभेद भएको बताउँदै समाज रुपान्तरणका लागि सञ्चारमाध्यमको भूमिका अहम हुने बताउनु भयो । जागरण मिडिया सेन्टरले दुई दशक पूरा गरेकाले अब मिडियासँगै दलित आन्दोलनको संग्राहालय निर्माणमा जुट्नुपर्ने बताउनु भयो । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले निमुखाहरुको आवाज उठाउने गरी नेपाली सञ्चार माध्यमले कामगर्न नसकेको औल्याउनु भयो । अब मन्त्री, पूर्वमन्त्री तथा नेताहरुको भन्दा सडकमा रहेका जनताहरुको मुद्धा उठाउने वैकल्पिक धारको पत्रकारिता आवश्यकता रहेको बताउनु भयो । संविधानसभा सदस्य दुलारी हरिजनले सञ्चारमाध्यमसँगै दलित आन्दोलनले तराई दलितको मुद्धालाई प्राथमिकतामा नराखेको भन्दै गुनासो गर्नुभयो ।
जागरण मिडिया सेण्टरका अध्यक्ष रेम विश्वकर्माले जागरण मिडिया सेन्टरले सामाजिक न्याय र समानताका पक्षमा सञ्चार वकालत गर्ने गरी काम गर्न सफल भएको बताउनु भयो । लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले दलितका बिषयहरु अझै पनि उठ्न नसकेकाले सञ्चारमाध्यमले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा अधिवक्ता पदम बहादुर कार्की, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मा, जागरण मिडिया सेन्टरका बरिष्ठ उपाध्यक्ष कमला विश्वकर्मा, पूर्व उपाध्यक्ष पूर्ण बराईली, पूर्व महासचिव दिलिप नेपाली, पूर्व उपाध्यक्ष दिपक परियार लगायतले बोल्दै नेपाली पत्रकारितामा जागरण मिडियाले ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो । साधरणसभामा सेण्टरका सचिव विनोद परियारले सांगठिनक तथा कोषाध्यक्ष विरु नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जागरण मिडिया सेन्टर २०५७ साल चैत ८ गते स्थापना भएको थियो ।

≪ Previous Post

१६ थान हराएका मोवाईल फेलापारी सम्वन्धितलाई हस्तान्तरण, भन्सार छलिका सवा लाखको सामान बरामद

Next Post ≫

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क