बुटवल ५ असौज
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न समय र मितिमा विभिन्न स्थानबाट हराएका १६ थान मोबाईल फेला पारी सम्वन्धित धनीलाई प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको कल डेटल शाखाले हराएको मोबाईलको आईएमईआई कोडको आधारमा बरामद गरि सम्बन्धित मोबाईल धनीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले जानकारी गराउनु भयो ।
यस्तै रूपन्देही रोहिणी गाउँपालिका वडा नम्बर १ र कोटहिमाई गाउँपालिका वडा नम्बर ३ को एरियाबाट भनसार छली नेपाल ल्याउदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । नेपाल भारत भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउदै गरेको मटर, चिनी, सरफ, सुर्ती, प्याज, र धाराको टुटी समेत गरी कुल . १लाख ३१हजार ९३३ रुपैयाा मुल्य बराबरको सामान बरामद गरि आवश्यक कारबाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईए प्रहरीले जनाएको छ ।
