Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गणेशमान सिंह स्मृति सप्ताहव्यापी अन्तरसम्बादः काँग्रेसलाई वलियो बनाउन विधिवाट चल्नुपर्छ
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गणेशमान सिंह स्मृति सप्ताहव्यापी अन्तरसम्बादः काँग्रेसलाई वलियो बनाउन विधिवाट चल्नुपर्छ

संसारपोस्ट संवाददाता · ५ आश्विन २०७७ · 0
गणेशमान सिंह स्मृति सप्ताहव्यापी अन्तरसम्बादः काँग्रेसलाई वलियो बनाउन विधिवाट चल्नुपर्छ
100
SHARES
ShareTweet

बुटवल ५ असौज
गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीले नेपाली काँग्रेसका सर्वमान्य नेता स्व.गणेशमान सिंहको २३ औं स्मृति दिवशका अबसरमा सप्ताहव्यापी भर्चुअल अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । गत भदौ २८ गते नेपाली काँग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र केन्द्रिय नेता डा शेखर कोइरालाको विशिष्ट आतिथ्यतामा सुरु भएको जुम अन्तरसंवाद कार्यक्रम आइतबार साँझ काँग्रेस केन्द्रिय सदस्य तथा पुर्वमन्त्री नबिन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
जनअन्दोलन २०४६ का सर्वोच्च कामण्डर स्वर्गीय नेता गणेशमान सिंहको जीवन,हालको राजनीतिक संस्कार,काँग्रेसको आशन्न महाधिवेशन, पार्टीको नीति,नेतृत्व र संगठन बिषयमा सातै दिन भर्चुअल माध्यमबाट अन्तरक्रिया गरिएको संस्थाका अध्यक्ष तेजप्रसाद लामिछानेले बताउनु भयो । अन्तरसंवाद कार्यक्रममा हरेक दिन केन्द्रिय नेताहरुले सम्बोधन गर्नु भएको थियो ।
पुर्व सहमहामन्त्री अर्जुननरसिंह केसी,केन्द्रिय नेताहरु बलबहादुर केसी,सुजाता कोइराला,एनपि साउत,सरिता प्रर्साइ,नुवाकोट जिल्ला सभापति जगदिश्वरनर सिंह केसीको आथित्यतामा भएका कार्यक्रममा जिल्लाका नेता तथा प्रदेश सांसदहरुले पनि सम्बोधन गर्नु भएको थियो ।
भदौ २८ गते अन्तरसंवादको उदघाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातन्त्र पुर्नस्थापना लगत्तै तत्कालिन राजा बिरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाइ स्वर्गीय नेता सिंहले अस्वीकार गरि जनताले चाहेकै व्यक्ति प्रधानमन्त्री बन्नु पर्ने अडान लिएको भन्दै सर्वोच्च नेता सिंहको निष्ठाको राजनीति स्मरण गर्नुभयो ।
जनअन्दोलन २०४६ का सर्वोच्च कामण्डर स्वर्गीय नेता सिंहले देखाएको निष्ठाको राजनीतिको सबैले अनुशरण गर्नु पर्नेमा जोड दिदै उहाँले पार्टीको विधि विधान अनुरुप कार्यकर्ताको भावना बुझेर अगाडी बढ्दा काँग्रेस बलियो हुने बताउनु भयो । दुइ वटा कम्युनिष्ट सरकारले बनाउन नसकेको लोकतान्त्रिक संविधान नेपाली काँग्रेसकै नेतृत्वमा निर्माण भएको भन्दै नेता सिंहले देशको विकास र जनहितकालागि काँग्रेसको बिकल्प नभएको बताउनु भयो । नेता सिंहले सिद्धान्त र आदर्श राम्रो हुँदा हुँदैपनि जनमत कमजोर हुनुको जिम्मेबारी नेतृत्वले लिनुपर्ने पनि बताउनु भयो ।
कार्यक्रममा नेताहरु केन्द्रिय सदस्य डा शेखर कोइराला, अर्जुननर सिंह केसी, बलबहादुर केसी,सुजाता कोइराला, एनपी साउत,सरिता प्रर्साइ,जगदिश्वरनर सिंह केसीले सम्बोधन गर्दै काँग्रेसको जन्म निरकुंशताको अन्त्य र प्रजातन्त्रको सुदृढिकरणकालागि भएको बताउनु भयो । कम्युनिष्ट सरकारले गरेका भ्रष्टाचार बिरुद्ध एक हुँदै आगामी निर्वाचनमा काँग्रेसलाइ सत्तामा पुरयाउन बिधि बिधान अनुरुप पार्टीलाइ बलियो बनाउनु पर्नेमा उहाँहरुले जोड दिनु भयो ।
भर्चुअल माध्यमबाट गरिएको सात दिने अन्तरसम्बादमा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक,पाल्पा सभापति बिरबहादुर राना,गुल्मी सभापति भुवन श्रेष्ठ,प्रतिनिधि सांसद प्रमोद यादव,प्रदेश सांसद फकरुद्धिन खाँन र रमा अर्याल,महासमिति सदस्यहरु रामबहादुर कार्की,कुमार केसी,रुपन्देही क्षेत्र नंं. १ का क्षेत्रीय सभापती तथा देवदह नगरप्रमुख हिराबहादुर खत्री,सुनवलका मेयर भिमबहादुर थापा लगायतले बोल्नु भएको थियो ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघको अधिवेशन असोज अन्तिम साता हुने

Next Post ≫

१६ थान हराएका मोवाईल फेलापारी सम्वन्धितलाई हस्तान्तरण, भन्सार छलिका सवा लाखको सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क