Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश ५ मा प्रहरीको फरार अपराधी पहिचान र पक्राउ अभियान : ५ महिनामा ३३९ फरार अपराधी पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा प्रहरीको फरार अपराधी पहिचान र पक्राउ अभियान : ५ महिनामा ३३९ फरार अपराधी पक्राउ

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0
प्रदेश ५ मा प्रहरीको फरार अपराधी पहिचान र पक्राउ अभियान : ५ महिनामा ३३९ फरार अपराधी पक्राउ
170
SHARES
ShareTweet

बुटवल ७ असौज
५ नम्बर प्रदेश प्रहरी कार्यालयबाट गत बैशाख देखि संचालन गरेको फरार अपराधी पहिचान र पक्राउ अभियानमा ५ महिनाको अवधीमा३३९जनालाई पक्राउ गरिएको छ ।
विगतमा विभिन्न अपराधिक घटनाहरु घटाई लामो समयदेखि लुकिछिपी फरार रहेका र अदालतबाट कसूर ठहर भई कैद र जरिवाना समेत तोकिएका अपराधीहरुलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालयले मातहत जिल्लाहरुबाट विशेष टोली खटाई फरार अपराधी पक्राउ गरेको जनाएकोे छ । यसरी पक्राउ पर्नेमा सबैभन्दा बढी बाँके जिल्लाका २७६ र सबैभन्दा कम रुपन्देही जिल्लाका १ जना रहेका छन ।
त्यस्तै पाल्पा जिल्लाका १५अर्घाखाँचीका ८ गुल्मीका ४ नवलपरासीका ३ कपिलवस्तकाु ३ रोल्पाका ३ बर्दियाका २ प्यूठानका २ र रुकुमका २ जना रहेका छन ।
प्रहरीले पक्राउ गरेका मध्ये अपुताली अभियोगका १,अंश मुद्दाका ४,कर्तब्य ज्यानका ७ ,कुटपिटका ३९,बनका ७,सार्वजनिक अपराधका४,सवारी ज्यानका १६, सम्बन्ध विच्छेदका २१,वहु विवाहका१२,लेनदेनका११,लागु औषधका १९,मानवबेचविखन तथा ओसार पसारका ३, विष्फोटक पदार्थका३,ज्यानमार्ने उद्योगका ६,जालसाजीका ३४ नागरिकता किर्तेका ७,जारीखतका १,जर्वरजस्ती करणीका ११, चेक अनादर ४ ,चोरीका ३९,घरेलु हिंसाका १ गाली बेईजितीका ११,करकापका ४,कुटपिट अंङगभङगका ११, कुटपिट लुटपिटका ८,केही सार्वजनिक अपराधका ६,गौवधका १,जग्गा किचलोका १,जारीका १, जुवाका २६,डाँका चोरीका २,नाता कायमका १,लिखत बदरका ६, विवाहवारीका १, बैङकिङ कसुरका २,सवारी अङगभङगका १,मोटरसाकिल चोरीका १,जर्वरजस्ती करणी उद्योगका २, अपरण तथा जर्वरजस्ती करणी १,जबरजस्ती चोरी १,बन्यजन्तु ओखेटो पहारका १रआगो लगाएको १ गरि ३३९ वटा अपराधीक घटनाका फरारलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्ता अपराधिक कार्यहरुमा संलग्नहरुको वास्तविक नाम फरक, नागरिकताको नाम फरक परेको, बसाई सराई गरी विकट र शहरी क्षेत्रमा बसोवास गरेको, रोजगारीको सिलसिलामा अन्य जिल्ला तथा विदेश गएको, लामो समय भएकोले कालगतिले वा अन्य कारणबाट मृत्यू भईसकेका र हालको विश्वव्यापी महारामी कोभिड १९ को विषम परिस्थितिको कारण खोजी कार्यमा कठिनाई आई परेता पनि प्रहरीको प्रभावकारी परिचालनबाट गत बैशाखदेखि असौज ६ गतेसम्ममा ३३९ जना फरार अपराधी पहिचान गरी र पक्राउ गरिएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयल दाङका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारले बताउनु भयो ।
फरार अपराधी ३३९ जनाको मिलाएर २५१ बर्ष २ महिना २४ दिन कैद तथा १९ लाख ८१ हजार ३ सय ४४ रुपैयाँ जरिवाना स्वरुप असुली हुने भएको छ । फरार अपराधी पहिचान र पक्राउ अभियानलाई निरन्त्रता दिने समेत प्रवक्ता वैदवारले बताउनु भयो ।

≪ Previous Post

कम्पनीलाई कारवाही मालिकलाई पदकवाट विभूषित

Next Post ≫

मिडियाका समस्यासमाधान गर्न ‘मिडिया एलाईन्स नेपाल गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क