Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ को सरकारले शब बाहन खरिदका लागि ६ वटा स्थानियतहलाई ९० लाख रुपैंया दिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ को सरकारले शब बाहन खरिदका लागि ६ वटा स्थानियतहलाई ९० लाख रुपैंया दिने

संसारपोस्ट संवाददाता · २ आश्विन २०७७ · 0
प्रदेश ५ को सरकारले शब बाहन खरिदका लागि ६ वटा स्थानियतहलाई ९० लाख रुपैंया दिने
150
SHARES
ShareTweet

बुटवल २ असोज
प्रदेश ५ को मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले शब बाहन खरिदका लागि ६ वटा स्थानियतहलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले प्रदेशका प्यूठान नगरपालिका,गुलरिया नगरपालिका,सिस्ने गाउँपालिका,रोल्पा नगरपालिका,सन्धिखर्क नगरपालिकार रामग्राम नगरपालिकालाई शब बाहन खरिद गर्न उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारले रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने ,त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्ने र पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने र प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।
जिल्ला स्तरीय ६ वटा अस्पतालहरु रुकुमपूर्व, रोल्पा,कपिलवस्तु,अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शैयामा स्तरोन्नती गर्ने गरि सरकारले निर्णय गरेको छ । तीमध्ये भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची,रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।
त्यस्तै नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

≪ Previous Post

आजदेखि मलमास शुरु, शुभ र मंगल कार्य गर्न वर्जित

Next Post ≫

उर्जा बिकास र टान्समिसन लाईनका लागि एमसीसी पारित हुन्छ : मन्त्री ज्ञवाली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क