Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उर्जा बिकास र टान्समिसन लाईनका लागि एमसीसी पारित हुन्छ : मन्त्री ज्ञवाली
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उर्जा बिकास र टान्समिसन लाईनका लागि एमसीसी पारित हुन्छ : मन्त्री ज्ञवाली

संसारपोस्ट संवाददाता · २ आश्विन २०७७ · 0
उर्जा बिकास र टान्समिसन लाईनका लागि एमसीसी पारित हुन्छ : मन्त्री ज्ञवाली
120
SHARES
ShareTweet

बुटवल २ असोज
परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी) पारित हुने बताउनु भएको छ । एमसीसी नेपालको उर्जा बिकास र फस्टवोडर टान्समिसन लाईनका लागि महत्वपूर्ण रहेकाले पास गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
उहाँले त्यसभित्र केही अस्प्रष्ट कुराहरु छन् भने प्रस्ट गर्ने र सुधार गर्नुपर्ने कुरा छन् भने सुधार गरेर एमसीसी पारित गरिने बताउनु भएको हो ।
एजेण्डावाईज छलफल गरेर पास हुने बताउँदै उहाँले अझै एजेण्डा भने तय भईनसकेको जानकारी गराउनु भयो ।
प्रेस संगठन नेपाल रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमानलाई नै या अरु कसैलाई नियुक्ति गर्ने विषयमा सरकार निश्कर्षमा पुगिनसकेको बताउँदै लोडसेडिङ् हटाउने अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी ओलीकै योजना अनुसार काम भएको समेत दावी गर्नुभयो ।
नियुक्ति नविकरणको व्यबस्था नभएको समेत उल्लेख गर्नुभयो । कुलमान घिसिङ्को एक्लो प्रयासले लोड सेडिङ् अन्त्य नभएको उल्लेख गर्दै यो विषयलाई अतिरञ्जित गरिएको बताउनु भएको छ । सरकारले बनाएको योजनामा कुलमानले व्यबस्थापन मात्रै गरेको बताउँदै सबैको सहकार्यले मुलुक लोडसेडिङ् मुक्त भएको उहाँले बताउनु भयो ।
मन्त्री ज्ञवालीले कोरोना भाईरस (कोभिड–१९) को ठूलो भयाभहबाट विश्व जुधिरहेको र मुलुकको अर्थतन्त्रमा यसले ठूलो प्रभाव पारेको उल्लेख गर्दै भयाभह रोक्न र मृत्यदर कम गर्न सरकार लागि परेको समेत उल्लेख गर्नुभयो । नागरिकको स्वास्थ्य र जनजीविकालाई ध्यानमा राखेर सरकार अंगाडी बढेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो–‘थप अफ्ठ्यारो नपरोस भन्नेर खुल्ला गरिएको छ, यसलाई अव कोरोना नै अन्त्य भयो भनेर बुझ्नु भएन ।’ उहाँले कोभिड विरुद्धको खोप बनिनसकेका कारण स्वास्थ्य सुरक्षा अपनाउनुको विकल्प नभएको पनि प्रष्ट पार्नुभयो । कोरोना भाईरस (कोभिड–१९) को प्रभाव सन् २०२२ सम्मै रहने सरकारले प्रक्षेपण गरेको बताउँदै उहाँले भदौ अन्त्यसम्म पिक विन्दुमा पुग्ने अनुमान गरिएको भएपनि संक्रमण बढीरहेकाले यसको जोखिम अझै बढ्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । यसले मुलुकको अर्थतन्त्रलाई निकै कमजोर बनाएको पनि बताउनु भयो । ‘सबैभन्दा ठूलो असर रोजगारीको क्षेत्रमा पर्ने निश्चित छ ।’ मन्त्री ज्ञवालीले भन्नुभयो–‘सन्तुलन कायम गर्नकालागि नेपालले धेरै मिहिनेत गर्नुपर्छ, अर्थतन्त्र चलायमान भईरहँदा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’
नेकपा स्थायी कमिटी सदस्य समेत रहनु भएका मन्त्री ज्ञवालीले सत्तासिन दल नेकपा कमजोर हुँदा संविधान कार्यान्वयन, मुलुकको राष्ट्रियता तथा समृद्धि समेत संकटमा पर्ने बताउँदै पार्टीलाई बलियो बनाउनकालागि सिंगो ध्यान आगामी चैतमा हुने एकता महाधिवेशनमा केन्द्रीत गरिएको बताउनु भयो । उहाँले नेकपा झण्डै विभाजनको संघारमा पुगेपनि पुरानै स्थितीमा फर्किसकेको पनि बताउनु भयो ।
मन्त्री परिषदमा तथा मुख्यमन्त्रीसम्म फेरबदल गर्ने गरि पार्टीको आन्तरिक झगडा मिलेको बिषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री ज्ञवालीले सामान्य केही मन्त्रीहरु फेरवदल भएपनि मुख्यमन्त्री फेरवदलको कुनै कुरा नभएको जानकारी गराउनु भयो ।

≪ Previous Post

प्रदेश ५ को सरकारले शब बाहन खरिदका लागि ६ वटा स्थानियतहलाई ९० लाख रुपैंया दिने

Next Post ≫

तिलोत्तमामाले युवाहरुलाई उत्पादनसँग जोडन २ करोड विनाधितो सहुलियतपूर्ण कर्जा दिन शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क