Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकको सहयोग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकको सहयोग

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७७ · 0
ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकको सहयोग
60
SHARES
ShareTweet

बुटवल, २२ भदौ । बाढी पहिरोको प्रकोपमा परेको बागलुङको ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक सहयोग गरेको छ । बढी पीडित परिवारको राहतका लागि बैंकले नगरपालिकाको दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र बैंकको बुर्तिबाङ शाखा प्रबन्धक प्रेमनाथ पौडेलले सोमबार बुर्तिबाङमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई डेढ लाख रुपैयाँको चेक प्रदान गर्नुभएको छ ।
चेक बुझ्दै ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले बाढीका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खांचो रहेको बताउनुभयो ।
बैंकका अध्यक्ष श्रेष्ठले बाढी पीडित परिवारको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताउनुभयो ।
गत बुधबार राति ढोरपाटन शिकार आरक्ष छेउको देउराली पहाड पहिरोसंगै खसेर भुजी खोला थुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना वेपत्ता रहेका छन् ।
यसअघि बैंकले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको र प्युठानका स्थानीय तहमा पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो । प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा गरी बैंकका ७० वटा शाखा रहेका शाइन रेसुङ्गा प्रदेश ५ को एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

≪ Previous Post

कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी फितलो : नेपाली काँग्रेस

Next Post ≫

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न व्यबसायीलाई बुटवल उद्योग बाणिज्य संघको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क