Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी फितलो : नेपाली काँग्रेस
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी फितलो : नेपाली काँग्रेस

संसारपोस्ट संवाददाता · २१ भाद्र २०७७ · 0
कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी फितलो  : नेपाली काँग्रेस
110
SHARES
ShareTweet

बुटवल, २१ भदौ । प्रदेश सभा प्रदेश ५ को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना बनाउन प्रदेश सरकारसंग माग गरेको छ ।
नेपाली काँग्रेसले प्रदेश नं. ५ को सरकार कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा दिशाविहिन बन्दै गएको ठहर गर्दै कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी निकै फितलो भएको टिप्पणि गरेको छ ।
नेपाली काँग्रेस संसदिय दलका नेता बिरेन्द्रकुमार कनौडियाले प्रदेश सरकार दिशाविहीन र योजनाविहीन बनेकै कारण संक्रमण नियन्त्रण बाहिर जान थालेको र आर्थिक सामाजिक संकट चुलिदै गएको ठहर गर्दै संक्रमण नियन्त्रण गरेर आम नागरिकको जीवन सहज बनाउन मुख्यमन्त्री शँकर पोखरेललाइ ध्यानाकर्षण गराउनु भएको छ । दलका नेता कनौडियाले मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना संक्रमण रोकथाम र उपचारको तयारीप्रति प्रदेश सरकार समयमै गम्भिर नहुंदा संक्रमण नियन्त्रण बाहिर जान थालेको र त्यसले आम नागरिकको जीवन संकटमा परेको उल्लेख छ ।
संक्रमण नियन्त्रणकालागि गर्नुपर्ने तयारी नै नगरी सरकार लकडाउन र निषेधाज्ञाको भर परेको र अहिले भइरहेका निषेधाज्ञा ठोस अध्ययनका आधारमा नभइ हचुवाका भरमा गरिएको भन्दै काँग्रेसले कतिपय स्थानमा समुदायमै संक्रमण पसिसकेको अबस्थामा समेत स्थानीय प्रशासनलाइ देखाएर सरकार संक्रमण रोकथाम र उपचारको जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको छ ।
‘समयमै उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन् । कोरोना कहरले आम नागरिकको जीवनमा सामाजिक र आर्थिक संकट चुलिदो छ । यो संकटको घडीमा सरकारले देखाएको निष्क्रियता र संवेदनहिनताको घोर भ्रत्सना गदछौं’ नेपाली काँग्रेसले मुख्यमन्त्रीलाइ पठाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सबै अस्पतालहरुमा कोरोनाका संक्रमितलाइ राखिने कुरा व्यवहारिक नभएको भन्दै काँग्रेसले आवश्यक्ता अनुसार केही निजी अस्पतालहरुलाइ कोरोना अस्पतलाको रुपमा बिस्तार गर्न माग गरेको छ । संक्रमतिको उपचारकालागि अक्सिजन, सघन उपचार तथा भेन्टिलेटरको प्रयाप्त व्यवस्था गर्न, संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा पिसिआर परिक्षणालाइ व्यापक बनाउन तथा आइसोलेसन र क्वारेन्टिनको उचित व्यवस्था गर्न माग गरेको छ । संक्रमण नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पाउनुपर्ने जोखीम भत्ता समयमै उपलब्ध गराउन र किसानलाइ रासायनिक मलको सहज आपुर्तिकालागि पनि काँग्रेसले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

≪ Previous Post

रोटरी क्लवको जीवन उपयोगी सीप कार्यशाला

Next Post ≫

ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क