Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोटरी क्लवको जीवन उपयोगी सीप कार्यशाला
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लवको जीवन उपयोगी सीप कार्यशाला

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0
रोटरी क्लवको जीवन उपयोगी सीप कार्यशाला
60
SHARES
ShareTweet

बुटवल, २० भदौ । रोटरी क्लव अफ बुटवलले आज (शनिबार) रोट¥याक्ट क्लवमा आवद्ध पदाधिकारी एवं सदस्यहरुका लागि जीवन उपयोगी सीप विकास सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । रोटरी क्लव अफ बुटवलको १३२८ औं नियमित बैठक एवं रोट¥याक्ट क्लव अफ बुटवलको ४८७ औं बैंठकका अवसरमा रोट¥याक्ट क्लवका पदाधिकारी एवं सदस्यहरुका लागि कार्यशाला आयोजना गरिएको हो ।
भर्चुअलरुपमा आयोजना गरिएको कार्यशालामा रोट¥याक्ट क्लव अफ बुटवल, रोट¥याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल र रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसमा आवद्ध पदाधिकारी एवं सदस्यहरु सहभागि थिए ।
कार्यशालाका प्रमुख वक्ता रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ रिजन ३ का डिष्ट्रिक ट्रेनिङ टिमका अध्यक्ष एवं रिजन ३ जोन १३ का एजी अनिल श्रेष्ठले जीवन उपयोगी सीप विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहांले व्यक्तिको व्यवहार परिवर्तनसँग सम्बन्धित जीवन उपयोगी कार्यक्रमबारे प्रकाश पार्दै नेतृत्व विकास, पेशागत विकास र अध्ययनको विकासका लागि यस्ता कार्यशाला महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा रोटरीका इन्टरनेशनल सर्भिस कमिटी चेअर एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वास कोअर्डिनेटर नुगल वैद्यले रोटरी क्लव र रोटरीयनहरुको आवश्यकता र महत्व दिन प्रतिदिन बढ्दै गएको भन्दै सामाजिक भावनाका साथ अघि बढ्न र रचनात्मक कार्यमा लाग्न आग्रह गर्नुभयो । यहाँका संरचना र व्यक्तिको मानसिकता परिवर्तन नभएसम्म वास सफल हुन गाह्रो हुने उहांले बताउनु भयो ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिष्टेन्ट एजी खिमानन्द भुसाल, क्लवका सचिव रोम शर्मा, रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष सुमन अधिकारी, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष खिमानन्द पौडेल, जिवकान्त काफ्ले लगायतले पनि आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान

Next Post ≫

कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी फितलो : नेपाली काँग्रेस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क