बुटवल, २० भदौ । रोटरी क्लव अफ बुटवलले आज (शनिबार) रोट¥याक्ट क्लवमा आवद्ध पदाधिकारी एवं सदस्यहरुका लागि जीवन उपयोगी सीप विकास सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । रोटरी क्लव अफ बुटवलको १३२८ औं नियमित बैठक एवं रोट¥याक्ट क्लव अफ बुटवलको ४८७ औं बैंठकका अवसरमा रोट¥याक्ट क्लवका पदाधिकारी एवं सदस्यहरुका लागि कार्यशाला आयोजना गरिएको हो ।
भर्चुअलरुपमा आयोजना गरिएको कार्यशालामा रोट¥याक्ट क्लव अफ बुटवल, रोट¥याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल र रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसमा आवद्ध पदाधिकारी एवं सदस्यहरु सहभागि थिए ।
कार्यशालाका प्रमुख वक्ता रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ रिजन ३ का डिष्ट्रिक ट्रेनिङ टिमका अध्यक्ष एवं रिजन ३ जोन १३ का एजी अनिल श्रेष्ठले जीवन उपयोगी सीप विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहांले व्यक्तिको व्यवहार परिवर्तनसँग सम्बन्धित जीवन उपयोगी कार्यक्रमबारे प्रकाश पार्दै नेतृत्व विकास, पेशागत विकास र अध्ययनको विकासका लागि यस्ता कार्यशाला महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा रोटरीका इन्टरनेशनल सर्भिस कमिटी चेअर एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वास कोअर्डिनेटर नुगल वैद्यले रोटरी क्लव र रोटरीयनहरुको आवश्यकता र महत्व दिन प्रतिदिन बढ्दै गएको भन्दै सामाजिक भावनाका साथ अघि बढ्न र रचनात्मक कार्यमा लाग्न आग्रह गर्नुभयो । यहाँका संरचना र व्यक्तिको मानसिकता परिवर्तन नभएसम्म वास सफल हुन गाह्रो हुने उहांले बताउनु भयो ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिष्टेन्ट एजी खिमानन्द भुसाल, क्लवका सचिव रोम शर्मा, रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष सुमन अधिकारी, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष खिमानन्द पौडेल, जिवकान्त काफ्ले लगायतले पनि आआफ्ना धारणा राख्नुभएको थियो ।
