Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0
नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान
90
SHARES
ShareTweet

बुटवल २० भदौ
रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन ।
कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले गरेको कार्यको योगदान महत्वपुर्ण नै भएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनु भयो ।
रक्तदान कार्यक्रममा अध्यक्ष भण्डारीले रगतको अभाव हुन नदिनका लागि संघसंग सधै तिलोत्तमा उद्योग वाणिज्यसंघ हातेमालो गर्न तयार रहेको समेत बताउनु भयो ।
नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन ःसंचालनमा आएसंगै विगत केही महिना देखि हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।
संस्था पुनर जिवित भएपछि हरेक महिनाको तेस्रो शनिवार गर्ने रक्तदान कार्यक्रममा अन्तर्गत १०१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रेम बहादुर सुनारले बताउनु भयोे ।
संस्थाका संह संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकषमिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरि कार्य योजना बनाएको समेत बताउनु भयो । रक्तदान कार्यक्रममा समाजसेवि विमल बहादुर शाक्य, संस्थाका सल्लाहकार सुरेन्द्र शाक्य लगायतको उपस्थिती रहेको थियो ।
रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गर्नु भएको सचिव महेश खनाल बताउनु भयोे ।

≪ Previous Post

डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने

Next Post ≫

रोटरी क्लवको जीवन उपयोगी सीप कार्यशाला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क