Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0
डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने
100
SHARES
ShareTweet

बुटवल २० भदौ
बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलिसिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण गरिदिन भएको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।
बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलिसिसका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थाकालाई बसेको स्थानमै समेत पुगेर परीक्षण गर्नेगरि काम सुरु भएको प्रमुख सुवेदीले बताउनुभयो । उहाँले अस्पतालहरुमा डायलिसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै विरामीको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताउनुभयो ।
पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ । बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ ।
बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलिसिल गर्ने बिरामीको संख्या करिब छ सय रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै विरामीको नियमित डायलिसिल अघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ । पीसीआर परीक्षण पछि उपचारमा सावधानी अपनाउन सहज हुनेछ ।
बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घ रोगीलाई घरमै समेत पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपांगता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । बुटवलमा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य आफै स्वास्थ्य प्राविधिकसहित संक्रमितको मनोबल बढाउन घरघरमा पुग्नुभएको छ ।
विभिन्न ठाउँमा संक्रमितलाई हेय भावले हेरिने र दुव्र्यवहार हुने गरेका घटनाका समाचार आइरहेको बेलामा बुटवलमा भने प्रमुख, उपप्रमुख संक्रमितको घरघरमै पुगेर हौसला बढाउने मुलुकमै नौलो कामको थालनी भएको हो ।
कोभिड संक्रमण भएर आइसोशलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद ओखती वितरण गर्नेक्रममा डायलिसिसका विरामीका बारेमा सूचना पाउँदासाथ उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गर्दै सबै वडामा तत्कालै निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
बुटवलमा आइसोलेशन सेन्टर निर्माण, प्रादेशिक अस्पतालको सहकार्यमा आइसीयू र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गर्नेदेखि आइसोलेशन सेन्टरहरुमा नियमित योगा अभ्यास, ध्यान प्रणायम र आयुर्वेद ओखती वितरणका काम भइरहेका छन् ।
डायलिसिस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा आउने विरामी छन् । त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलिसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।
अध्यक्ष आलमका अनुसार यो संख्या अहिले मुलुकका कुनै पनि डायलिसिस सेन्टरको भन्दा धेरै हो । उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरु उपचार सेवा सबैतिर प्रभावित हुँदासमेत त्यहाँ यसखालको उपचारलाई चौबिसै घण्टा सूचारु राखेको थियो । अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत संक्रमण देखिएको छ । तर, अस्पतालले सबै व्यवस्थापन गर्ने, निसंक्रामक बनाउने काम गरिसकेको छ ।
अहिले बुटवल उपमहानगरले निशुल्क पीसीआर गर्ने सूचना जारी गरेपछि गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सिद्धार्थनगर सिटी अस्पताल बुटवलमा डायलिसिस गराउँदै आएका विरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखाका प्रमुख मित्रमणि खनालले बताउनुभयो ।

≪ Previous Post

रुपन्देहीमा निषेधाज्ञा खुकुलो : ब्यापार–ब्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने

Next Post ≫

नियमित रक्तदाता संघले गरेको रक्तदान कार्यक्रममा १०१ जनाद्धारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क