Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा निषेधाज्ञा खुकुलो : ब्यापार–ब्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा निषेधाज्ञा खुकुलो : ब्यापार–ब्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0
रुपन्देहीमा निषेधाज्ञा खुकुलो : ब्यापार–ब्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने
120
SHARES
ShareTweet

भैरहवा, २० भदौ । रुपन्देहीमा निषेधाज्ञा खुकुलो बनाइएको छ । लामो समयदेखि रुपन्देहीमा जारी निषेधाज्ञा सहितको लकडाउनको स्वरुप परिवर्तन गरी निषेधाज्ञा खुकुलो बनाइएको हो ।
आज(शनिबार) बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस अघि पूर्णरुपमा बन्द भएका ब्यवसायहरु आईतबारबाट दैनिक सात घण्टा सञ्चालन गर्न दिने गरि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यस्तै शुक्रबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले पनि लकडाउन खुकुलो बनाउन सिफारिस गरेको थियो ।
रुपन्देहीका उद्योगी–व्यवसायीका संगठनहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म नयाँ निषेधाज्ञा आदेश जारी गरेको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेश आज (शनिबार) राती १२ बजे समाप्त हुंदैछ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आज(शनिबार)
जारी गर्नुभएको आदेशमा अतिआवश्यक दैनिक उपभोग्य वस्तु र सेवा विहान ९ वजे सम्म र वेलुका ५ वजेदेखि वेलुका ७ वजेसम्म सञ्चालन हुनेछन् भने औषधीजन्य वस्तु र सेवा निरन्तर सञ्चालन हुने उल्लेख छ । यस्तै ब्यापार व्यवसायहरु विहान ११ वजेदेखि वेलुका ६ वजेसम्म मात्र सञ्चालन गर्न सकिने छ ।
सबै सरकारी कार्यालयहरुले कार्यालयमा भिडभाड नहुने व्यवस्था मिलाई सुरक्षा तथा स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पालना गरी सृेवा प्रवाह गर्ने ब्यवस्था मिलाउने तथा अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपुर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपुर्तिमा अवरोध गर्नेहरु उपर कानुन वमोजिम कारवाही हुने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै बैंक तथा वित्तीय सँस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई नियमित सेवा दिन सक्ने छन् भने आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून वमोजिम कारवाही हुने आदेशमा भनिएको छ ।
यस्तै उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक रोक लगाईएको छ । सवै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, शपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, मनोरन्जन स्थल, शैलुन, ब्युटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, समूहमा खेलिने खेलकुद, पूस्तकालय तथा संग्रहालय सञ्चालन गर्न निषेध गरिएको छ ।
उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार, विभिन्न नाका प्रयोग गरी गैरकानुनी रुपमा नेपाल भारत आवतजावत गर्न रोक लगाईएको छ भने वेलहिया नाकाबाट हुने आवतजावत नेपाल सरकारले तोके वमोजिम हुने आदेशमा उल्ल्ेख छ ।
जिल्लाभित्र सवै प्रकारका निजी तथा सार्वजनिक यातायात संचालन गर्न पाइने छैन भने मुख्य राजमार्गहरु संचालनमा रहने छन् । यस्तै कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्न पाइने छैन भने परम्परागत रुपमा हुंदै आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पुर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट हुन निषेध गरिएको छ ।
यस्तै आदेशमा अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुध, विद्युत, दूर सञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, आईसोलेशन, फोहोरमैला ब्यवस्थापन, अस्पताल आउने विरामी, कार्यालयमा आउने जाने कर्मचारी, मृत्यु सँस्कारका लागि अनिवार्य रुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा वाहेकका सवारी साधन सञ्चालन गर्न रोक लगाईको छ ।
यसैगरी शैक्षिक सँस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूशन सेण्टर, भाष कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा क्वारेण्टाइन र आइसोलेशनका लागि तोकिएका बाहेक अन्य होटल र रेष्टुराँ सञ्चालन गर्न पनि निषेध गरिएको छ ।

≪ Previous Post

बुटवल कोरोना अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

Next Post ≫

डायलिसिस गराउनु पर्ने विरामीको बुटवल उपमहानगरद्धारा निःशुल्क पीसीआर परीक्षण गरिदिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क