बुटवल, २० भदौ । रुपन्देहीमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने बुटवल उपमहानगरपालिकाका ६ जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवलउपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको शुक्रवारराति ११ बजे मृत्यु भएको हो ।
भदौ १५ गते अस्पताल भर्ना भएका बुटवलका पुरुष र भदौ १७ गते भर्ना भएकी नवलपरासीकी महिलाको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको सूचना अधिकारी डा. गौतमले बताउनुभयो ।
