Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी सरसफाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी सरसफाई

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी  सरसफाई
90
SHARES
ShareTweet

भैरहवा, १९ भदौ । स्वास्थ्य सुरक्षा सतर्कता अपनाउंदै नेपाली काँग्रेस सिद्धार्थनगर वडा नं. ४ को वडा समिति र नेपाल तरुण दल सिद्धार्थनगरले संयुक्त रुपमा रुपन्देहीको भैरहवामा आजदेखि सप्ताहव्यापी सरसफाइ अभियान सुरु गरेका छन् । कोरोनाको उच्च जोखिम रहेकाले अनिवार्य मास्कको प्रयोग र सामाजिक दुरी कायम गरेर सरसफाइ कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
नेपाली काँग्रेस सिद्धार्थनगर वडा नं. ४ का वडा सभापति नरेन्द्र रौनियारको अध्यक्षतामा ४ नम्बर वडाको हनुमान मन्दिर प्राङ्गणबाट सरसफाइ अभियान सुरु गरिएको हो । कोराना महामारीका बेला नगर तथा टोल छिमेकको सरसफाइमा ध्यान नदिदा अन्य संक्रामक रोगहरु फैलन सक्ने भएकाले मास्कको प्रयोग र सामाजिक दुरी कायम गरेर मात्रै सरसफाइ कार्यक्रम गरिएको वडा सभापति रौनियारले जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रिय उपसभापति श्रीराम गुप्ता, तरुण दल सिद्धार्थनगरका अध्यक्ष दिपेन्द्र बुढापृति, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, मायादेवि च्यारिटेबल ट्रष्टका अध्यक्ष रबि रौनियार लगायतले बोल्दै कोरोना महामारीका बेला अन्य संक्रामक रोगहरु लाग्न नदिन नगरको सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै वार्ड सचिव गुरुचरण प्रजापति, शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ, तरुण बिभागका जिल्ला सदस्य बिनोद पुन, दिनेश सहानी, तरुण दल सिद्धार्थनगरका सल्लाहकार कोशिष खड्का, सचिव कुशल उपाध्याय, कोषाध्यक्ष मिलन बिक, कृष्ण चाँई लगायतले कोरोना महामारी विरुद्ध र अन्य संक्रामक रोग फैलिन नदिन सबै एकजुट भएर सरसफाई अभियानमा लाग्नुपर्ने बताउनु भयो ।

≪ Previous Post

बुटवल उवासंघको कस्मेटिक समितिद्वारा विपन्न सय परिवारलाई खाद्यान्न वितरण

Next Post ≫

बुटवलमा डायलिसिस गराउने सबै विरामीको निःशुल्क पीसीआर परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क