Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उवासंघको कस्मेटिक समितिद्वारा विपन्न सय परिवारलाई खाद्यान्न वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उवासंघको कस्मेटिक समितिद्वारा विपन्न सय परिवारलाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
बुटवल उवासंघको कस्मेटिक समितिद्वारा विपन्न सय परिवारलाई खाद्यान्न वितरण
90
SHARES
ShareTweet

बुटवल, १९ भदौ । बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो ।
कोरोना भाईरसको महामारी र कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण खाद्य समस्यामा परेका दैनिक ज्याला मजदुरी गरि खाने अति बिपन्न परिवारलाई प्रति परिवार ५ किलो चालम, एक किलो दाल, सोयाविन, नुन र १ लिटर तेल प्रदान गरिएको समितिका उपाध्यक्ष अलिम दिनले बताउनु भयो ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ११ गतेदेखि देशब्यापी रुपमा गरेको लकडाउन झण्डै ४ महिना पछि अन्त्य गरिएपनि त्यसयता समुदायस्तरमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन तथा स्थानीय सरकारले गरेको लकडाउनका कारण विपन्न परिवारलाई साँझ बिहान हातमुख जोड्न समेत धौ धौ परेकाले समितिले उनीहरुको राहतकालागि खाद्य सामाग्री प्रदान गरेको हो ।
खाद्य सामाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष जगदिश आचार्यले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेर उद्योग वाणिज्य संघ बुटवल मातहत रहेका वस्तुगत उपसमितिहरुले सामाजिक उत्तरदायित्व वहन गरेको वताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुले कोरोना भाईरस महामारीका कारण करिव ६ महिना उद्योग व्यापार व्यबसाय ठप्प भएको र उद्योगी व्यबसायी धरासायी भएको वेलामा पनि संघको बस्तुगत समितिले अति विपन्न परिवारलाई राहत प्रदान गर्ने काम सामान्य नभएको बताउनु भयो । हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीय धर्म रहेको बताउँदै यो राहत वितरण पनि त्यसैको उदाहरण भएको उहांले बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, मुक्ति अधिकारीलगायतले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन समितिका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।

≪ Previous Post

रोटरी क्लव अफ बुटवल साउथले विपन्न दुईसय जनालाई खाना खुवायो

Next Post ≫

नेपाली काँग्रेस र तरुण दलद्वारा भैरहवामा सप्ताहव्यापी सरसफाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क