Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उवासंघ बुटवलको कस्मेटिक समितिद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उवासंघ बुटवलको कस्मेटिक समितिद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७७ · 0
उवासंघ बुटवलको कस्मेटिक समितिद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण
80
SHARES
ShareTweet

बुटवल, १९ भदौ
बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो ।
कोरोना भाईरस महामारीको चपेटामा परेका दैनिक ज्याला मजदुरी गरि खाने अति बिपन्न परिवारलाई प्रति परिवार ५ किलो चालम तथा एक एक किलो दाल, सोयाविन, नुन र १ लिटर तेल प्रदान गरिएको समितिका उपाध्यक्ष अलिम दिनले बताउनु भयो ।
विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस (काभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडान गरेको र झण्डै ४ महिनामा देशव्यापी लकडाउन अन्त्य गरिएपनि जिल्ला प्रशासन तथा स्थानीय सरकारले गरेको लकडाउनका लागि विपन्न परिवारलाई साँझ बिहान हातमुख जोड्न समेत धौ धौ परेकाले केही भएपनि राहतकालागि समितिले खाद्यान्न प्रदान गरिएको उहाँ बताउनु हुन्छ । त्यस अवसरमा वडा अध्यक्ष जगदिश आचार्यले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेर सरकारले गर्नुपर्ने काम उद्योगी व्यबसायीहरुको समितिले गरेकोमा समितिलाई धन्यवाद दिनुभयो ।
त्यस्तैगरी बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुले कोरोना भाईरस महामारीका कारण करिव ६ महिना उद्योग व्यापार व्यबसाय ठप्प भएको र उद्योगी व्यबसायी धाराशायी भएको वेलामा पनि संघको बस्तुगत समितिले अति विपन्न परिवारलाई राहत प्रदान गर्ने काम सामान्य नभएको बताउनु भयो । हुनेले नहुनेलाई सहयोग गर्नु नै मानवीय धर्म रहेको बताउँदै यो राहत वितरण पनि त्यसैको उदाहरण भएको बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, मुक्ति अधिकारी समेत सहभागि हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन समितिका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।

≪ Previous Post

खाना खुवाउने कार्यक्रममा २ सय सहभागि

Next Post ≫

लायन्स क्लव अफ क्यापिटल र बुद्धभूमिद्वारा फूड बैंक मार्फत थप १६० जनालाई खाद्यान्न वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क