बुटवल, १९ भदौ
रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिषरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
नगरपालिका तथा ईलाका प्रहरी कार्यालयको स्वीकृतिमा आयोजना गरिएको उक्त कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष जगदिश आचार्यले प्रत्यक्ष निगरानी गर्नुभएको थियो । क्लवले शुक्रबार जस्तै गरी शनिबार पनि खाना खुवाउने कार्यक्रम गर्ने जनाएको छ । बिहान १० बजे हुने कार्यक्रममा सहभागि हुनकालागि अति विपन्न परिवारका सदस्यहरुलाई आग्रह समेत गरिएको छ ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसीजको सहयोगमा फूड बैंक सञ्चालन गर्दै आएको रोटरी क्लव अफ बुटवल साउथले स्थानीय तथा बुद्धिजिवीहरुको सल्लाहमा खाना खुवाउने कार्यक्रम गरिएको र यो कार्यक्रमलाई आवश्यकता अनुसार बढाउँदै लैजाने पनि अध्यक्ष भुर्तेलले बताउनु भयो ।
