Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७७ · 0
व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह
50
SHARES
ShareTweet

बुटवल, १८ भदौ
रुपन्देही जिल्लामा रहेका उद्योग बाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाई दिन माग गरेका छन् । रुपन्देही जिल्लामा रहेका पाँच वटा उद्योग बाणिज्य संघले कोरोना भाईरस संक्रमण फैलिन नदिने नाममा गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै नीजि क्षेत्रको लगानी समेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्नेगरी निर्वाध रुपमा व्यापार व्यबसाय सउञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसंग माग गरेका हुन् ।
रुपन्देही जिल्लामा रहेका बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, सैनामैना उद्योग बाणिज्य संघ र देवदह उद्योग बाणिज्य संघले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि यहि भदौ २० गते पश्चात निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेको हो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा छोटो समय मात्रै पसल सञ्चालन गर्ने अभ्यासले झनै भिडभाड बढ्ने र संक्रमणको जोखिम समेत बढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यबसाय सञ्चालन गर्ने व्यबस्था मिलाउन आग्रह गरिएको छ ।
कोरोना निश्चित समयावधि भित्र नियन्त्रणमा आउँछ भन्ने कहीँ कतै प्रमाणित तथ्य नआएको कारण विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्नेगरी निर्वाध रुपमा व्यापार व्यबसाय, बैंक तथा वित्तिय संस्थाहरु सावधानी पूर्वक सञ्चालन गर्ने प्रवन्ध मिलाउन विज्ञप्तीमा आग्रह गरिएको छ ।
लकडाउन वा निशेधाज्ञा कोरोनाको उपचार नभएको समेत स्मरण गराईएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो भने त्यस यता जिल्ला प्रशासन तथा स्थानी सरकारले लकडाउन गर्दै आएका छन् । जसका कारण उद्योग, व्यापार व्यासाय तथा जनजीवन समेत पनि ठप्प छ । यसबाट सापेक्षित रुपमा जनजीवन र उद्योग व्यापार व्यबसायलाई सहज बनाउनकालागि सरकारसंग आग्रह गरिएको हो ।
त्यस्तैगरी विज्ञप्तीमा कोरोना संक्रमण नियन्त्रणकालागि तत्काल पूर्वाधार बिकास र पिसिआर परिक्षणलाई तिब्रता दिन पनि आग्रह गरिएको छ ।

≪ Previous Post

लायन्स क्लव अफ क्यापिटल र बुद्धभुमीद्धारा फूड बैंक मार्फत बुटवलमा २ सय बढीलाई खाद्यान्य वितरण

Next Post ≫

कोरोना विरुद्धको अभियानलाइ थप प्रभावकारी वनाउन प्रदेश ५ सरकारद्धारा करिब ४ करोड बजेट विनियोजित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क