कञ्चन १८ भदौ
रुपन्देहीको गैडहवा गाउपालिका वडा नं ७ स्थित कञ्चन पुलमा महिलाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय,सूर्यपुराका अनुसार स्थानियहरुले पुलमुनि पानीमा घोप्टो अवस्थामा मान्छे तैरिरहेको देखेपछि सुरक्षाकर्मीलाई खवर गरेका हुन। घटना स्थलमा इलाका प्रहरी कार्यालय सूर्यपुराको सुरक्षा टोलीले गैडहवा ९ धुनचोक नयाँगाउँ ७० बर्षकी दिल कुमारी विक मृत अवस्थामा फेला पारेको जनाएको छ । घरवाट आफन्तकोमा भेटघाटका लागि हिडेकी महिलाको खोला किनारमा
मृत्य अवस्थामा सव भेटिएको छोरा राम बहादुर सुनारले बताउनु भयो ।
