बुटवल १८ भदा
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना ७७ वर्षीया महिलाका मृत्यु भएको छ ।
सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको बिहिबार बिहान मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल ल्याएकी महिलाको बुधबार साँझ नै जिन एक्सपर्ट मेसिनमार्फत पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
कोरोना पुष्टि भएपछि महिलालाई अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा बिहिबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनु भयो ।
लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा आइसियू बेड खाली नभएकाले विरामीलाई फिबर क्लिनिकको आइसोलेसनमा राखेर उपचार गरिएको डा. गौतमले बताउनु भयो ।
