Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनालाई जित्न सफल भएकाको स्पष्टोक्ति : अर्कबटीले काम गरेको प्रमाण हामी छौं
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोनालाई जित्न सफल भएकाको स्पष्टोक्ति : अर्कबटीले काम गरेको प्रमाण हामी छौं

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७७ · 0
कोरोनालाई जित्न सफल भएकाको स्पष्टोक्ति : अर्कबटीले काम गरेको प्रमाण हामी छौं
120
SHARES
ShareTweet

यमलाल भुसाल,
बुटवल १७ भाद्र

भैरहवाका आयुर्वेदाचार्य डा बद्री गौतमले तयार पारेको अर्कबटी सेवनपछि कोरोना भाइरसमुक्त भएका व्यक्तिहरुले नाभीमा सुवास बोकेर बाहिर भौंतारिने कस्तूरी नबन्न सबैलाई अनुरोध गरेका छन् ।

‘दिनको दुई पटकका दरले भनेअनुसार १० दिन अर्कबटी खाएँ, पछि जचाउँदा पीसीआर रिपोर्ट नेगेटिभ आयो, सत्य यत्ति हो’, बुटवल उपमहानगरपालिका–१३ बेलवास निवासी रोशन घिमिरेले मंगलबार नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘साथमा नीम, तुल्सी, तातोपानी, बेसार आदि पनि खाएको थिएँ, केले कति काम ग¥यो, त्योचाहिँ म भन्न सक्तिनँ ।’

घिमिरेका अनुसार गत साउन २९ गते बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गरेका, ३१ गते कोरोना पोजिटिभ आएको र साउन ३१ गते साँझदेखि नै अर्कबटी खान शुरु गरेको, भदौ ९ गतेको परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो ।

‘अर्कबटीसँंगै नीम र तुल्सीको पातको तातो बाफ, गुर्जोको पानी, बेसार पानी सुत्ने बेलामा बेसार र दूध नियमित खाएँ, घरमा छुट्टै बसें, यत्ति हो’, घिमिरेले बताउनुभयो– ‘मलाई विश्वास थियो, आत्मबल कायम राखें ।’
घिमिरेका बुबा डीआर घिमिरेले आफ्नो छोरोसहित गाउँकै अर्की एक महिलालाई पनि कोरोना पोजेटिभ देखिएकोमा उहाँलाई पनि खुवाएको र मात्रा पूरा गरेपछि जचाउँदा रिपोर्ट नगेटिभ आएको बताउनुभयो ।

त्यस्तै, रुपन्देहीमा विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका दीपक घिमिरे र सलमान खानलाई एकै दिन कोरोना पोजेटिभ देखिएको हो । दुवै जनाले डा। गौतमले उत्पादन गरेको अर्कबटी ६ दिनसम्म मात्र साँझ–बिहान गरी १२ गोली खाएको र स्वस्थ अनुभव भएकाले जचाउन जाँदा नेगेटिभ परिणाम आएको समान विवरण दिनुभयो ।

अर्कबटी खाएपछि आत्मबलमा पनि क्रमशः वृद्धि भएको र अन्ततः पीसीआर परीक्षणको परिणाम नेगेटिभ आएको घिमिरेले बताउनुभयो । सरकारले यस्ता औषधीको बारेमा समयमै आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको खानले थप्नुभयो ।

त्यस्तै भैरहवाको युनिभर्सल मेडिकल कलेजमा कार्यरत एक महिलालाई कोरोना पोजेटिभ देखिएपछि उनको परिवारले पनि सोही अर्कबटी औषधी खुवाएको र १५ दिनपछि जचाउँदा नेगेटिभ रिजल्ट आएको उहाँका श्रीमान् मीनबहादुर घतानेले बताउनुभयो ।

श्रीमतीलाई कोरोना पोजेटिभ देखिएपछि घरमा रहेको २६ वर्षीय छोरो र ६५ वर्षीय आफूले समेत उक्त औषधी सेवन गरेको घतानेले विवरण दिनुभयो । ‘श्वास–प्रश्वासको समस्या हटेको, ज्वरो र खोकी पनि निको भएको छ, तर म जचाउन भने गएको छैन, श्रीमतीलाई हुँदा आफूलाई पनि भयो होला र उनलाई निको हुँदा आफूलाई पनि भयो होला भन्ने ठानेको छु।’ –घतानेले बताउनुभयो ।

गरिब परिवारका हामीले आफ्नै लगानीमा पीसीआर परीक्षण गर्न नसक्ने भएकाले सिद्धार्थ नगरपालिकालाई आफ्नो परिवारको परीक्षण गरिदिन अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।

रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता डा। गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी अर्कबटी तयार पारेको तर सरकारले ‘नजिकको तीर्थ हेला’ गरेकोमा उनीहरुले चित्त दुखाएका छन् ।
साभार नेपाल समाचारपत्र दैनिक

≪ Previous Post

बुटवलको विशेष कोरोना अस्पतालमा कपिलवस्तुकी ६० वर्षिय संक्रमित महिलाको मृत्यु

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालमा सालझण्डीकी कारोना सक्रमित ७७ वर्षिय महिलाको मुत्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क