बाँके १३ भदौ
सुन्दा पनि अचम मानु पर्ने आाफ्नै सहोदर सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिरलाई नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका २७ वर्षका भिनाजु कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए । अपहरणमा परेका बालकको भने तीन दिनपछि सकुशल उद्दार गरिएको छ । खजुरा ५ रजनवा गाउँमा मेला हेर्न गएको बालकलाई कलिमले अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएका थिए ।
सालालाई अपहरण गरेका कलिमले ससुरालीमा फोन गरेर १० लाख रुपैयाँ फिरौती मागेका थिए । घटनाको पत्तो पाए लगत्तै बालकको खोजीमा जुटेको प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । कलिमको साथबाट प्रहरीले अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरेको छ । ससुराली पक्षले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि सो पैंसाकै लागि कलिमले सालालाई अपहरण गरेको अनुसन्धानमा खुलेको छ ।
