Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोनाको कहर: भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न तिलोत्तमा नगरपालिकाको नगरवासीमा आग्रह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको कहर: भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न तिलोत्तमा नगरपालिकाको नगरवासीमा आग्रह

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७७ · 0
कोरोनाको कहर: भर्चुअल माध्यमबाट सोह्रश्राद्ध गर्न तिलोत्तमा नगरपालिकाको नगरवासीमा आग्रह
100
SHARES
ShareTweet

बुटवल १३ भदौ
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) माध्यमबाट स्रोहश्राद्ध गर्न गराउन व्यवस्था मिलाउन नगरवासीलाई आग्रह गरेको छ । एक जना पुरोहित स्रोहश्राद्ध कार्यमा एकैदिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यस पटक विषम् परिस्थितिका कारण यथाशक्य विद्युतीय माध्यमबाट स्रोहश्राद्ध गर्न नगरपालिकाले आग्रह गरेको हो ।
नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कोरोना महामारीको कारण स्रोहश्राद्ध (पितृपुजन) कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्र सामेल भएर काम गर्न आग्रह गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माद्धारा जारी सूचनामा महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्म, पूजा जस्ता कार्यहरु जर्गेना गर्ने हामी सबैको परम कर्तव्य भएकाले तोकिएकै तिथिमा गर्नुपर्ने स्रोहश्राद्ध कार्यमा यसपटक वैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरु पूरोहितहरुले समेत यस विषम् परिस्थितिमा प्रविधिको उच्चतम प्रयोग गरी समयमै आफ्ना यजमानहरुसंग परामर्श गरी सोही बमोजिम तयार रहनका उल्लेख गरिएको छ ।’त्यस्तै जन्म, न्वारान, व्रतबन्ध, मृत्यु संस्कार लगायतका पारिवारिक तथा सामाजिक जमघट जस्ता क्रियाकलापहरुमा सहभागिता न्यून गर्ने र गराउने व्यवस्था मिलाएर सम्भावित कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन नगरपालिकाले सूचनामार्फत आग्रह गरेको छ । यस वर्षको श्राद्ध यही भदौ १७ गतेदेखि सुरु हुँदैछ ।

≪ Previous Post

सालो अपहरण गरी १० लाख फिरौती माग्ने भिनाजु बाँकेमा प्रक्राउ

Next Post ≫

प्रदेश ५ मा कोरोना सक्रमणवाट २७ जनाको ज्यान गयो ६१०१ सङ्क्रमित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क