Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा कोरोना संक्रमित थप १ महिलाको मृत्यु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा कोरोना संक्रमित थप १ महिलाको मृत्यु

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0
बुटवलमा कोरोना संक्रमित थप १ महिलाको मृत्यु
70
SHARES
ShareTweet

बुटवल, ११ भदौ
बुटवलको कोरोना विशेष आईसोलेसन अस्पतालमा उपचार गराई रहेका कपिलवस्तुका संक्रमितको मृत्यु भएको २४ घण्टा वित्न नपाउदै रुपन्देहीकी एक महिलाको पनि मृत्यु भएको छ ।
कोरोना बिशेष अस्पतालको सघन उपचार कक्ष (आईसियु)मा भेन्टिलेटरको सहायतामा उपचार भई रहेका दुवै जनको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमित महिलाको बिहीबार बिहान साढे १० वजे मृत्यु भएको छ । गत भदौ १ गते अस्पतालमा भर्ना भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. बताउनु भयो ।
साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार भएको थियो,’ ‘स्वास्थ्यमा थप समस्या देएिपछि भदौ १ गते अस्पतालमा भर्ना गरिएको थियो ।’ डा. थापाका अनुसार मृतकलाई ५ गते भेन्टिलेटरमा राखिएको थियो भने ७ गते कोरोना निको भएका बिरामीबाट प्लाज्मासमेत दिइएको थियो । मृत्यु भएकी बिरामीमा कोरोना भएपछि भएको निमोनियाका कारण मृत्यु भएको डा. थापाले जनाए । यसअघि अस्पतालमै उपचाररत कपिलवस्तुका एक जना पुरुषको बुधबार राति मृत्यु भएको थियो । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० बर्षिय पुरुषको बुवार राती १० वजेर ५५ मिनेट जादाँ उपचारकै क्रममा मृत्यु भएकोे थापाले बताउनु भयो । थापाका अनुसार उनमा लामो समय देखि उच्च रक्तचाप, मधुमेहको समस्या थियो। मिगौलाका समस्या समेत रहेका उनको लामो समयदेखि मृगौलाको डायलाईसिस भई रहेको थियो ।
उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि आईसोलेसन अस्पतालमा राखिएको थियो । उपचारको क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो ।
यो सगै बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । उक्त अस्पतालमा अहिले ३३ जना कोरोना संक्रमितको उपचार भईरहेको डाक्टर थापाले बताउनु भयो ।
संक्रमीत मध्ये १५ जनालाई सघन उपचार कक्ष (आईसियु) मा राखिएको छ भने १८ जनाको आईसोलेसनमा राखी उपचार भईरहेको छ । आईसियुमा रहेका दुई महिला सहित चारजनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको भेन्टिलेटरको सहयोगमा उपचार भईरहेको बताइएको छ ।
भेन्टिलेटरको सहायतामा उपचार गराई रहेका सबै बुटवलका रहेको र उनिहरुमा उच्च रक्तचाप, मधुमेह र मृगौलामा समेत समस्या रहेको डाक्टर थापाले बताउनु भयो ।
तिलोत्तमामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो ।

≪ Previous Post

बुटवलमा कपिलवस्तका एक संक्रमितको मृत्यु संगै मृत्यु हुनेको संख्या ५ पुग्यो

Next Post ≫

रुपन्देहीको क्रिमशन अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि ओपिडी बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क