Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको क्रिमशन अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि ओपिडी बन्द
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको क्रिमशन अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि ओपिडी बन्द

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७७ · 0
रुपन्देहीको क्रिमशन अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि ओपिडी बन्द
110
SHARES
ShareTweet

बुटवल ११ भदौ
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा कार्यरत एकजना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ओपिडी विभागमा कार्यरत स्टाफनर्समा कोरोना पुष्टि भएपछि ओपिडी शाखा बन्द गरी त्यहाँ कार्यरत कर्मचारी एवं चिकित्सकलाई निगरानीमा राखि परीक्षणको क्रम अगाडि बढाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
ती स्टाफ नर्स केही दिनदेखि ज्वरोका कारण घरमै बसेकी थिइन् । तर शंका लागेर बुटवलको नेशनल प्याथल्यावमा परिक्षण गराउँदा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनु भयो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नगरपालिकाले तयार गरेको आइसोलेशनमा पठाइएको छ ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुलाई होम आइसोलेशनमा बस्न आग्रह गरिएको गौतमले बताउनु भयो । तिलोत्तमा नगरपालिकामा बुधबार मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रयाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिनु भयो ।
नयाँ थपिएका संक्रमितहरुमा तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जना छन् । यसमध्येका केही व्यक्ति समुदाय स्तरबाट संकलन गरिएको स्वावबाट संक्रमण पुष्टि भएको प्रवक्ता श्रीले बताउनु भयो । तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

≪ Previous Post

बुटवलमा कोरोना संक्रमित थप १ महिलाको मृत्यु

Next Post ≫

कोभिड–१९ नियन्त्रण सन्र्दभ: रोकथाममा सरकारलाई मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क