बुटवल १० भदौ
बुटवलको इलाका प्रहरी कार्यालयमा राखिएका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । १३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथ सुचना अधिकारी प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताउनु भयो । थुनुवालाई स्थानीय तहसँग समन्वय गरि आइसोलेसनमा पठाईने छ भने सम्पर्कमा आएका प्रहरीहरुलाई क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ ।
