बुटवल १० भदौ
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की पुत्र शोकमा पर्नु भएको छ ।
उहाँकामाईला सुपुत्र शंकर कार्कीको गए राती रुपन्देहीको तिलोत्तमामा सडक चौपायसंग स्कुटर ठोकिएर दुर्घटना हुदाँ मृत्यु भएको हो ।
यस दूःखद खबरले हाम्रो समितिलाई निकै पीडा वोध बनाएकोे छ । समितिका वरिष्ठ उपाध्यक्ष कार्की परिवारजनमा भएको यो शोकको घडीमा समिति परिवारको तर्फवाट मृत्य आत्माको चीर शान्तिको कामना गदै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।
समितिका अध्यक्ष यमप्रसाद पाण्डे र महासचिव जीत बहादुर भाटद्धारा हस्ताक्षरित शोक वक्तव्यमा समितिका पूर्व लेखापाल समेत रहनु भएका कार्कीको निधनले सिगो समिति परिवार मर्माहत भएको समेत उल्लेख गरिएको छ ।
