बुटवल १० भदौ
रुपन्देहीको गैडहवा गाउपालिकामा निर्माण व्यवसायीको लाप्रवाहिका कारण कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
गैडहवा गाउपालिका वडा नं. ३ धौथनिया निवाषी ५३ बर्षिय पुरुषको भैरहवा मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
बुटवलमा ज्याला मजदुरीमा काम गर्दै आएका मृतक ३ दिन देखि बिरामी परेको र काम गर्ने क्रममा २ तला माथीको छतवाट खसे पछि बेहोस अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा उपचार गरी टाउकोको सिटी स्क्यान गरिएको थियो ।
सिटी स्क्यान रिपोर्टमा टाउकोमा गम्भिर चोट भएको र थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।
निजलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको भएपनि निर्माण व्यवसायी सैनामैना नगरपालिका कुस्माहका प्रदुमन मलाहले उपचारै नगरी अस्पतालबाटै मृतककै घरमा लगेर छोडिदिएका थिए । १ दिन घरमा वसेपछि उनलाई स्थानिय जनप्रतिनिधि,र समाजसेवीहरुको पहलमा उपचारको लागि उनलाई भैरहवा मेडिकल कलेज पठाइएको थियो । निजलाई कलेजको सघन कक्षमा राखेर उपचार गर्नु पर्ने अवस्था भएपछि मेडिकल कलेजले निजको पीसिआर परिक्षणको लागि स्वाव संकलन गरी बुटवलको नेश्नल प्याथलावमा पठाइएको र पीसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भए पछि निजलाई आइसोलेसन कक्षमा उपचार गर्नेक्रममा गए राती १२ बजे मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनु भएको छ ।
मृतक पुरुषको परिवारमा १८ जना रहेको र उनिसंग प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसिआर परिक्षणको लागि बुधवार स्वाव संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनु भएको छ । वडा नं. ३ को धैथनिया संग जोडिएका गाउँ तथा क्षेत्रहरुको सिमानाकासम्म शिल गरिएको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिनु भयो ।
