Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सडक चौपायका कारण कार्कीको ज्यान गयो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक चौपायका कारण कार्कीको ज्यान गयो

संसारपोस्ट संवाददाता · १० भाद्र २०७७ · 0
सडक चौपायका कारण कार्कीको ज्यान गयो
60
SHARES
ShareTweet

बुटवल १० भदौ
रुपन्देहीको तिलोत्तमामा सडक चौपायसंग स्कुटर ठोकिएर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।
तिलोत्तमा–३ सीता राइस मिलको पारीपर्टीकोे सडकमा गाई संग स्कुटर ठोकिएर दुर्घटना हुदाँ चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षिय शंकर कार्कीको मृत्यु भएको हो ।
बुटवलबाट आफनो घरतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडक दूर्घटनामा परि गम्भीर घाइते भएका कार्कीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो ।
मृतक कार्की विभिन्न सामाजिक संस्थामा आवद्ध हुनुका साथै लायन्स क्लबमा पनि क्रियाशील रहनु भएको थियो ।
गाईलाई बचाउने क्रममा दुर्घटना भएका प्रहरीले जनाएको छ । बुटवल तिलोत्तमा क्षेत्रमा छाडा चौपायको समस्या विकराल हुदाँ पनि स्थानिय निकायले सोको व्यवस्थापन गर्ननसक्दा मानिसको अकालमा ज्यान जाने गरेको छ ।
जिल्लामा छाडा चौपाय व्यवस्थापन गर्न नी गौशाला समेत निर्माण गरिएको छ तर उक्त गौशालामा चौपाय लगेर राख्न र सोको व्यवस्थापन गर्न नसक्दा होनहार कार्की जस्ता थुप्रै युवाले छाडा चौपायका कारण अनाहकमा ज्यान गुमाउन परेको छ ।
यस्ता सवालमा स्थानिय निकाय गम्भिर बन्न जरुरी देखिएको छ । युवा स्व.कार्कीको बुधवार नै पवित्रस्थल त्रिवेणीमा अन्तिम दाहसंस्कार गरिएको बुवा प्रताव बहादुर कार्कीले बताउनु भयो ।

≪ Previous Post

स्थानियतहलाई पुर्व मन्त्री मुसलमानद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

Next Post ≫

निर्माण व्यवसायीको लाप्रवाहिका कारण गैडहवामा कारोना संक्रमितको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क