Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ स्थानियतहलाई पुर्व मन्त्री मुसलमानद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानियतहलाई पुर्व मन्त्री मुसलमानद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७७ · 0
स्थानियतहलाई पुर्व मन्त्री मुसलमानद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान
80
SHARES
ShareTweet

बुटवल ९ भदौ
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व बन मन्त्री वकिल मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउपालिकामा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणलाई कम गर्न अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र जनप्रतिनीधिहरुका लागि उक्त सामाग्री बितरण गरिएको जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्लामले जानकारी दिनु भएको छ ।
सुरक्षा सामग्री स्थानिय तहका प्रमुखहरुलाई हस्तान्तरण गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व बन मन्त्री मुसलमानले कोभिड १९ को संक्रमण समुदायमा समेत फैलिन थालेकोले कोभिड १९ को संक्रमणलाई रोकथाम गर्न अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई संक्रमणवाट बचाउन आफुले आफ्नै खर्चमा ब्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको बताउनु भएको छ । बिषम परिस्थितीमा आम नागरिकको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्मान गर्दै पुर्व बन मन्त्री मुसलमानले जस्ले आम नागरिकका सेवामा हरपल खटिएका हुन्छन उनिहरुको जिवन रक्षा गर्नु हरेक नागरिकको दायित्व भएको र आफुले थोरै भएपनि सुरक्षा सामग्री उपलब्ध गराएको उल्लेख गर्नु भयो ।
पुर्व मन्त्री मुसलमानले लुम्बिनी सांस्कृतिक नगर पालिकाका स्वास्थ्य शाखाका प्रतिनीधी राजेन्द्र प्रसाद कुर्मी र गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा पि पि ई ११ थान, थर्मल गन ३ थान,मास्क ८ सय थान,थान र हेण्ड्स ग्लोब्स २५० जोडा प्रदान गरिएको थियो ।

≪ Previous Post

रुपन्देही र अर्घाखाँचीमा गरि २४ घण्टामा ५जनाद्धारा आत्महत्या, आत्म हत्याको कारण खोज्न जरुरी

Next Post ≫

सडक चौपायका कारण कार्कीको ज्यान गयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क