Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही र अर्घाखाँचीमा गरि २४ घण्टामा ५जनाद्धारा आत्महत्या, आत्म हत्याको कारण खोज्न जरुरी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही र अर्घाखाँचीमा गरि २४ घण्टामा ५जनाद्धारा आत्महत्या, आत्म हत्याको कारण खोज्न जरुरी

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७७ · 0
रुपन्देही र अर्घाखाँचीमा गरि २४ घण्टामा ५जनाद्धारा आत्महत्या, आत्म हत्याको कारण खोज्न जरुरी
130
SHARES
ShareTweet

बुटवल ९ भदौ
विगत २४ घण्टामा रुपन्देही र अर्घाखाँचीमा गरि ५जनाले आत्महत्या गरेका छन ।
रुपन्देहीमा २ जना र अर्घाखाँचीमा ३ जनाले आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
पछिलो समयमा आत्महत्या वाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढन थालेकोले यसको सत्य तथ्य पत्ता लगाउन जरुरी रहेको छ ।
कोरोनाको महामारी फैलिरहेको समयमा आत्महत्याको संख्या बढनु चिन्ताको विषय भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनु भयो । जिल्लामा हरेक दिन आत्म हत्याका घटना हुन थालेको समेत प्रनाउ बुढाथोकीले बताउनु भयो ।
यसैबीच अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका८झाक्रेपानी बस्ने बर्ष ७६ को ईन्द्र बहादुर बस्नेतले आफ्नै घरको दलिनमा सोमवार दिउसो झुण्डिएर आत्म हत्या गरेका छन ।बस्नेतले दिउसो ३ वजे आत्महत्या गरेको र थप अनुसन्धान ईलाका प्रहरी कार्यालय खनवाट भईरहेको छ ।
त्यस्तै जिल्लाको सितगंगा नगरपालिका ६ ठूलाढूङग्रे बस्ने बर्ष ४७ को टेक बहादुर बिरकट्टाले पनि आफ्नै गोठमा झुण्डिएर आत्म हत्या गरेका छन ।
बिरकट्टाले दिउसो पौने ३ वजे आत्म हत्या गरेको र थप अनुसन्धान ईलाका प्रहरी कार्यालय ठाडाबाट भईरहेको छ ।
सोमवार नै जिल्लाको भुमिकास्थान नगरपालिका १ सामेखोला बस्ने बर्ष १५ कि बालिकाले गोपी लाल खनालको (घरमा कोही नबस्ने र हुम बहादुर नेपालीले रेखदेख गर्ने)घरको ओसारीमा झुण्डिएर आत्म हत्या गरेकी छन ।
दिउसो साढे ४ वजे आत्महत्या गरि ज्यान गुमाएको र थप अनुसंन्धान जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट भई रहेको प्रनाउ बुढाथोकीले बताउनु भयो ।
रुपन्देही ओमसतीया गाउपालिका ५ पिप्राहवा वस्ने वर्ष ४० को राजु थापा मगरले आफ्नै सुत्ने कोठाको वलोमा झुण्डिएर आत्म हत्या गरेका छन । सोमवार विहान साढे १० वजे भएको उक्त घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भईरहेको छ ।
त्यस्तै रुपन्देही देवदह नगरपालिका १२ ढोलवजार वस्ने वर्ष २५ को डम्वर कुवंरले सल्फास नामक विषादी सेवन गरी आत्म हत्या गरेका छन । विषादी सेवनवाट अर्धचेत भएका कुवंरको लुम्विनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममो मृत्यु भएकोहो । घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

≪ Previous Post

समुदाय स्तरमा गरिएको परिक्षणमा सैनामैनामा कोरोना संक्रमण शुन्य

Next Post ≫

स्थानियतहलाई पुर्व मन्त्री मुसलमानद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क