Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ समुदाय स्तरमा गरिएको परिक्षणमा सैनामैनामा कोरोना संक्रमण शुन्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समुदाय स्तरमा गरिएको परिक्षणमा सैनामैनामा कोरोना संक्रमण शुन्य

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७७ · 0
समुदाय स्तरमा गरिएको परिक्षणमा सैनामैनामा कोरोना संक्रमण शुन्य
80
SHARES
ShareTweet

बुटवल ९ भदौ
रुपन्देहीको सैनामैना नगरपालिकामा समुदाय स्तरमा गरिएको कोरोना परिक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
नगरमा २८७ जनाको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट ‘नेगेटिभ’आएको सैनामैना नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरको वडा नं १० फुलबारी क्षेत्रमा लगाइएको शिल खोलिएको छ । वडाको फुलबारी टोल विकास संस्थामा भदौ ३ गते एक पुरुषमा कोरोना संक्रमण देखिए सँगै ति पुरुष समुदाय स्तरमा घुलमिल भएकाले संक्रमण फैलिन सक्ने आशंकामा सो क्षेत्र शिल गरिएको थियो ।
संक्रमितको सिधै सम्पर्कमा रहेका १२ जनाको स्वाब परिक्षण गरेर संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएसँगै एक हप्ता पछि फुलबारी क्षेत्रको शिल खोलिएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।
सैनामैनामा समुदायस्तरमा कोरोना नपुग्नुकोमा सबैको सहयोग र सजकता भएको बताउदै प्रमुख कार्कीले आसपासका जिल्ला र पालिकाहरुमा संक्रमण दर बढ्दै गएको बताउँदै नगरको पनि चारै तर्फ सम्पर्क हुने भएकाले सबै जना सचेत र सजक हुन जरुरी रहेको बताउनुभयो ।
भदौ १४ गते सम्म फेरी लकडाउन थपिएकाले सबै सर्वसाधरणले स्वास्थ्य सम्बन्धि मापदण्ड र लकडाउनका नीति नियम पालना गर्न समेत नगरप्रमुख कार्कीले आग्रह गर्नु भएको छ ।
कालो बजारी र संक्रमण फैलन नदिन नियमित बजार अनुगमन गरिएको सैनामैकाका उपप्रमुख बिना रानाले बताउनु भयो ।
विभिन्न संघ संस्थाको सहभागिता र सिफारिसमा समुदायको सबै ब्यक्तिहरुको प्रतिनिधित्व हुने गरि कोरोना परिक्षण गरिएको सैनामैनाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
सैनामैनामा समुदाय स्तरमा गरिएको परिक्षणमा नगरमा र्याण्डम स्याम्पलिङ विधि अपनाइ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, होटल व्यवसायी, तरकारी पसल,दुग्ध पद्धार्थ, पेट्रोल पम्प, बैँक तथा वित्तिय संस्थाका कर्मचारी,एम्बुलेन्स चालक, अटो चालक, समाजसेवी,जनप्रतिनिधी,सर्वसाधारण लगायतको स्वाब संकलन गरि परिक्षण गरिएको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।
हाल सैनामैना बनकट्टा प्राकृतिक चिकित्सालयमा रहेको कोरोना विशेष आइसोलेशन अस्पतालमा १ जना मात्र संक्रमित उपचाररत छन् । ३८ वर्षीय संक्रमित पुरुष फुलबारीकै हुन् ।
फुलबारीमा संक्रमित भेटिएपछि समुदाय स्तरमा संक्रमण फैलिन सक्ने आशंकाले पुर्वमा भुल्केवारी सामुदायिक बनको सीमाना, पश्चिममा कन्चन खोला, उत्तरमा रैनादेवी छहरा पाल्पा र दक्षिणमा मिलनचोक सम्मको सीमानामा आवतजावतमा समेत रोक लगाइएको थियो ।

≪ Previous Post

कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो

Next Post ≫

रुपन्देही र अर्घाखाँचीमा गरि २४ घण्टामा ५जनाद्धारा आत्महत्या, आत्म हत्याको कारण खोज्न जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क