Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७७ · 0
कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो
110
SHARES
ShareTweet

बुटवल ९ भदौ
गत साउन ३२ गते कञ्चनको प्रगती माध्यमिक बिद्यालयका अभिभावक तथा बिद्यार्थीहरुद्धारा गाउँपालिकाको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि खोलिएको छ ।
गाउँपालिकाले सुरक्षाकर्मी र जनप्रतिनिधीकोे रोहवरमा ताला खोलेर नियमित कार्य शुरुगरेको छ ।
गत साउन २१ गते कञ्चन गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाले गजेडी माध्यमिक बिद्यालयका मा.बि. तहका स्थायी शिक्षक गणेश पौडेललाई प्रगती माध्यमिक बिद्यालयमा र प्रगती माध्यमिक बिद्यालयका मा.बि. राहत शिक्षक खेम बहादुर घर्ति मगरलाई गजेडी मा.बि.मा काज सरुवा गर्ने निर्णयका बिरुद्ध प्रगती माध्यमिक बिद्यालयका अभिभावक तथा बिद्यार्थीहरुले शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।
कञ्चन गाउँपालिकाले प्रगती माध्यमिक बिद्यालयमा नमुना माध्यमिक बिद्यालयको मापदण्ड अनुसार मा.बि. स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाई नमुना माध्यमिक बिद्यालयको हैसियतले प्राप्त गर्ने सेवा सुबिधालाई निरन्तरता दिन दुई बिद्यालयका शिक्षकलाई काज सरुवा गर्ने निर्णय गरिएको भएपनि भइरहेको शिक्षकलाई सरुवा गर्न नपाइने भन्दै बिरोध स्वरुप तालावन्दी गरेका थिए ।
प्रगती माध्यमिक बिद्यालय र शिक्षा शाखामा गरिएको ताला बन्दी सहमती र समझदारी बिना बल प्रयोग गरेर ताला फोडिनुले गाउपालिकाले समस्यालाई बल्झाउने तर्फ लागेको आन्दोलनरत पक्षका दुर्गा बहादुर कार्कीले बताउनु भयो। यस्तै एकतर्फी रुपमा बल प्रयोग गरेर ताला खोलिएको बिषयबारे गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सहमतीको प्रयास गरिएकोमा आन्दोलनरत पक्षबाट सहमतीमा आउने अवस्था नदेखिएपछि प्रशासनको रोहवरमा ताला खोलिएको बताउनु भएको छ ।
उहाँले सोही भवनमा रोजगार केन्द्रको कार्यालयरहेको र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तत्काल संचालन गर्नको लागि आवश्यक प्रक्रिया तयार गर्नु पर्ने भएकोले आन्दोलनरत पक्षसंगको कुराकानी पश्चात सुरक्षा प्रशासनको रोहवरमा ताला खोलिएको दावि गर्नु भयो ।
प्रगती माध्यमिक बिद्यालयका राहत शिक्षकसंग स्थायी दरबन्दी शिक्षक सरुवाको निर्णयको नेपाल राहत शिक्षक केन्द्रिय समिति र जिल्ला समितिले समेत बिरोध गदै आएको छ ।

≪ Previous Post

पीसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन

Next Post ≫

समुदाय स्तरमा गरिएको परिक्षणमा सैनामैनामा कोरोना संक्रमण शुन्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क