Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पीसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पीसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७७ · 0
पीसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन
110
SHARES
ShareTweet

बुटवल ८ भदौ
कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे सोमवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकिकृत भिडियो संवाद गर्नुभयो ।
मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताउनुभयो ।
एकिकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पीसिआर परिक्षण र कन्ट्याक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
उहाँले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने बताउनुभयो ।
उहाँले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवत जावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न निर्देशन दिनुभयो ।
उहाँले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यम मार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्ति सुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समिक्षा गरी जहाँ कमजोरी छ,त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत रुपमा भएका काम र समस्या प्रस्तुत गर्नुभयो । साथै तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

≪ Previous Post

बुटवल कोरोना अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु

Next Post ≫

कञ्चनको शिक्षा शाखामा लगाइएको ताला ९ दिन पछि प्रशासनको रोहवरमा फोडियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क