Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७७ · 0
पत्रकार ज्ञवालीको ‘डार्क मुन’ सार्वजनिक
50
SHARES
ShareTweet

काठमाडौं ६ भाद्र
एक दशकदेखि कला पत्रकारितामा सक्रिय रामजी ज्ञवालीको छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक गरिएको छ । पत्रकार ज्ञवालीको निर्देशनमा तयार भएको उक्त चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्, त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् । साहिल खान चलचित्र उद्योगका सर्वाधिक डिमाण्डेड ट्रेलर मेकर हुन् । सुर्या केहि चलचित्रमा अभिनेत्रीको भुमिकामा काम गरिसकेकी छिन् भने क्रिजन गौतम नेपाली चलचित्र उद्योगका स्थापित वाल कलाकार हुन् ।
सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत देखाउन खोजिएको छ । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ ? यसमा मनछुने तरिकाले देखाउन खोजिएको छ ।
निर्देशक ज्ञवाली भन्छन्, –‘यो समाजको यथार्थ तस्वीर हो । जुन भिडियोबाट देखाउन खोजिएको छ । यो हेरिसकेपछि हरेक आमाबुवाले के सोचिदिनुपर्छ भने, आफ्ना सन्तान आफ्नै कारण घरवारविहिन नहुन् । आफ्नो व्यक्तिगत खुसीका लागि सन्तानको भविष्य अन्धकार नहोस् भन्ने शन्देश दिनु यसको उद्धेश्य हो ।’
चलचित्रमा आमाको मात्रै दोष देखाइएको छ भन्ने प्रश्नमा ज्ञवाली थप्छन्, ‘वास्तबमै आमा हरेक सन्तानका लागि महान् हुन्, आमा नभएको परिवारका धेरैजसो सन्तानले दुःख पाएका छन् । सन्तानप्रति आमाले जत्तिको जिम्मेवारी कमै बाबुले गर्छन् ।’ सडक बालबालिकाहरुको कुरा सुन्दै गर्दा अधिकांशले आमा पोइला गएकाले अथवा अर्कै आमाको माया नपाएका कारण आफु घर छाडेको प्रतिक्रिया दिएका छन्, ज्ञवाली थप्छन्, ‘घटनालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको छ, आशा छ दर्शकले यसलाई सहर्ष स्विकार गरिदिनुहुनेछ ।’
डार्क मुनको कथा नेपाली चलचित्र उद्योगका सफल चलचित्र लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।
चलचित्रलाई द सेलिब्रेटी टाइम्सले प्रस्तुत गरेको हो । द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत यो चलचित्र सार्वजनिक गरिएको छ ।

≪ Previous Post

छोरो जन्माउन ६० वर्षीय वृद्धले श्रीमतीकै सहमतिमा २३ वर्षीया युवतीसँग दोस्रो विवाह

Next Post ≫

कार्यदलको प्रतिवेदन: ओलीले सरकार ,प्रचण्डले पार्टी चलाउने मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क