बुटवल ६ भाद्र
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले शनिबार अपरान्ह प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’लाई कार्यदलले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको कार्यदलका सदस्य फम्फा भुसालले बताउनु भयोे । दुई अध्यक्षले पार्टीको विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएको थियो ।
प्रतिवेदनलाई पूर्णता दिएर अध्यक्षद्वय ओली र प्रचण्डलाई हस्तान्तरण गरिएको हो ।
प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने भनिएको छ ।
कार्यदलले गत २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने र पार्टीको पूर्ण अधिकार प्रचण्डले लिन भनिएको छ । प्रतिवेदनमा मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने उल्लेख गरिएकोे छ ।
