Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका लुम्विनी, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा लकडाउन घोषणा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका लुम्विनी, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा लकडाउन घोषणा

संसारपोस्ट संवाददाता · १ भाद्र २०७७ · 0
रुपन्देहीका लुम्विनी, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा लकडाउन घोषणा
90
SHARES
ShareTweet

बुटवल, १ भदौ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीका तीन पालिकाले आजदेखि लागु हुनेगरी लकडाउनको घोषणा गरेका छन् ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि जिल्लाका लुम्विनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले आजदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाले आज राती १२ बजे देखि र कञ्चन गाउँपालिकाले आज बिहानै देखि लागु हुनेगरी लकडाउन घोषणा गरेका छन् ।
रुपन्देहीका देबदह नगरपालिका, बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले यस अघिनै लकडाउन घोषणा गरिसकेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज राती १२ बजे देखि भदौ ८ गतेसम्म पालिका भित्र लकडाउन गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गरी बाहिरबाट नगरपालिका भित्र आउने मानिसहरु लकडाउन सुरु हुनु अगावैै आउन र नगरबाट बाहिर जाने मानिसहरुलाई लकडाउन सुरु हुनु अगावैै नगरपालिका छाड्न आग्रह गरेको छ ।
यस्तै सैनामैना नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ ।
छिमेकी स्थानीय तहमा कोरोना संक्रमण दर बढ्दै गएपछि कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैठकले नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिमा नगरपालिका कार्यालय र मातहतका १२ वटा वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने तथा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार र व्यवसाय सबै बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार लकडाउन अवधिमा स्वास्थ्य, दुग्ध, खानेपानी, पेट्रोलियम, विद्युत, दमकल, एम्बुलेन्स, शव वाहन मात्र चल्न पाउने छन् भने अन्य सबै खाले निजी तथा सार्वजनिक सवारी सधान चल्न पाउने छैनन् ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि कञ्चन गाउँपालिकाले पालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरुवाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवा अर्को सुचना प्रकासित नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीद्वारा जारी सूचनामा बिश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मानिसहरु जमघट तथा भेला हुने कार्य नगर्ने, दैनिक नित्य पूजा बाहेक अन्य धार्मिक कार्यको आयोजना नगर्ने, शैक्षिक संस्थाहरुको प्रशासनिक कार्य बाहेक अन्य गतिविधि नगर्ने उल्लेख गरिएको छ ।
यस्तै बैंक, वित्तिय संस्था सहकारी लगायतका जनतासंग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरु कम जनशक्ति प्रयोग गरी विद्युतिय माध्यमको प्रयोग गरी संचालन गर्ने, अत्यावश्यक काम बाहेक यातायातको साधन प्रयोग नगर्ने, घर बाट बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्न र गाउँपालिका र वडा कार्यालयबाट प्रदान हुने सेवा अत्यवश्यक बाहेक आजदेखि विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र प्रदान गरिने नगर पालिकाको सूचनामा उल्लेख गरिएको छ ।

≪ Previous Post

पाँच नम्बर प्रहरीद्धारा मातहतका कार्यालयलाई प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड दिन निर्देशन

Next Post ≫

सीमा जोडिएको रोहिणी गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क