Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाँच नम्बर प्रहरीद्धारा मातहतका कार्यालयलाई प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड दिन निर्देशन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच नम्बर प्रहरीद्धारा मातहतका कार्यालयलाई प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड दिन निर्देशन

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0
पाँच नम्बर प्रहरीद्धारा मातहतका कार्यालयलाई प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड दिन निर्देशन
130
SHARES
ShareTweet

बुटवल ३२ साउन
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रदेश मातहतका १७ वटा कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेको छ ।
५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल १२ वटा जिल्लाका प्रहरी कार्यालय र नेपाल प्रहरी स्कूल घोराही दाङ सहित १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसंग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको होे ।
प्रदेश प्रहरी प्रमुख धानुकले मातहत जिल्ला स्तरसम्मका कार्यालय प्रमुखहरूसंग आईतवार सम्पन्न भएको कार्य सम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न निर्देशन दिनु भएको छ ।
उहाँले प्रदेशका नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने निर्देशन दिनु भयो।
प्रहरी प्रमुख धानुकले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत निर्देशन दिनुभयो ।
कोभिड १९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राज कुमार वैदवारले बताउनु भयोे ।

≪ Previous Post

शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी

Next Post ≫

रुपन्देहीका लुम्विनी, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा लकडाउन घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क