Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0
शिक्षक सरुवाको विषमा कञ्चनको शिक्षा शाखामा तालाबन्दी
70
SHARES
ShareTweet

बुटवल ३२ साउन
रुपन्देहीको कञ्चन गाउपालिका शिक्षक सरुवाको विषमा शिक्षा शाखामा तालाबन्दी भएको छ ।
प्रगती माध्यमिक बिद्यालय र गजेडी माध्यमिक बिद्यालयमा अध्यनरत शिक्षक सटापटा गर्ने कञ्चन गाउ कार्यपालिकाको निर्णय विरुद्ध ताला बन्दी गरिएको हो ।
यही साउन २१ गते शिक्षा समितिको सिफारिसमा कञ्चन गाउ कार्यपालिकाको बैठकले प्रगती माध्यमिक बिद्यालयमा रिक्त रहेको मा.बि. तह स्थायी दरबन्दीमा प्रधानाध्यापक पदपुर्तिका लागि गजेडी माध्यमिक बिद्यालयबाट काजमा र प्रगती माध्यमिक बिद्यालयको मा.बि. राहत शिक्षक गजेडी मा.बि.मा सरुवा गर्ने गाउ कार्यपालिकाको निर्णय बिरुद्ध प्रगती माध्यमिक बिद्यालयका अभिभावक र बिद्यार्थीहरुद्धारा शिक्षा शाखामा तालाबन्दी गरेका हुन ।
बिद्यार्थी र अभिभावकहरुको समूहले कञ्चन गाउ कार्यपालिकामा आई मध्यान्ह साढे १२ बजेको समयमा ज्ञापनपत्र टाँस गरी शिक्षा शाखामा तालाबन्दी गरेको अभिभावक खिम बहादुर बुढाले जानकारी दिनु भएको छ ।
प्रगती माध्यमिक बिद्यालयमा अंग्रेजी सहित अन्य बिषयका समेत शिक्षकको आवस्यक रहेको अवस्थामा अनेक बहानामा शिक्षक सरुवा गरी लैजाने गाउपालिकाको निर्णयको खारेजीको माग गर्दै गत साउन २५ गते अभिभावक र शिक्षकहरुको समूहले बिद्यालयमा तालाबन्दी गरेका थिए ।
विद्यालयमा तालाबन्दी गरेको एक साता बित्दा पनि समस्या समाधानको कुनै बिकल्प र समाधानका लागि कुनै छलफलको वातावरण गाउपालिकाले तयार नगरेको र आफ्नो निणर्य जसरी कार्यान्वयन गराउने अडान लिएकाले गाउपालिकाको शिक्षा शाखामा तालावन्दी गर्नु परेको अभिभावक गंगा बहादुर कार्कीले बताउनु भयो ।
यता गाउपालिकाले भने गाउ शिक्षा ऐन २०७४ तथा गाउ शिक्षा नियामवली २०७५ बमोजिम तयार गरेको कार्यबिधी बमोजिम नै काजमा शिक्षक सरुवा गरिएको र आफ्नो निर्णयमा आफुहरु अडिग रहेको दावी गरेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले गत २०७६ फागुन १८ गते नमुना माध्यमिक बिधालयको मापदण्ड अनुसार मा.बि. तहको स्थायी दरबन्दी शिक्षक बिद्यालयको प्रधानाध्यापक हुनुपर्ने अन्यथा सो बिद्यालयमा आउने सम्पुर्ण अनुदान तथा सेवा सुबिधाहरु कटौती हुने एकोले बिद्यालयको आग्रह बमोजिम सो बिद्यालयमा थप छुट्टै दरबन्दीको शिक्षक पठाउने सहज परिस्थिती नभएका कारण काजमा शिक्षक सरुवा गरिएको कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुसालले बताउनु भएको छ ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले नेपाल सरकार शिक्षा मन्त्रालय,शिक्षा तथा मानव श्रोत बिकास केन्द्रको परिपत्र अनुसार नै गाउपालिकाले सहजिकरण गमात्र गरेको बताउनु भया ।
नमुना माध्यमिक बिद्यालयको मापदण्ड अनुसार मा.बि. तहको स्थायी शिक्षक उपलब्ध गराई प्रधानाध्यापकको ब्यबस्था गरिदिन उल्लेख गरी अनुरोध गरेको र तत्काल सो बिद्यालयको समस्या समाधान गर्न सम्भव नभएकोले गाउपालिका भित्रका शिक्षकहरुलाई नै ब्यबस्थापन गरी आन्तरिक रुपमा पछि दरबन्दी मिलान गर्नेगरी काजमा सरुवा गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

≪ Previous Post

बुटवलमा आकस्मिक रक्तदानमा ५० युनिट संकलन

Next Post ≫

पाँच नम्बर प्रहरीद्धारा मातहतका कार्यालयलाई प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड दिन निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क