Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सीमा जोडिएको रोहिणी गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सीमा जोडिएको रोहिणी गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु

संसारपोस्ट संवाददाता · २ भाद्र २०७७ · 0
सीमा जोडिएको रोहिणी गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु
90
SHARES
ShareTweet

बुटवल २ भाद्र
बढ्दो कोभिड–१९ संक्रमणलाई हेरेर रोहिणी गाउँपालिकाले आफ्नो गाउँपालिकामा समुदाय स्तरिय पीसिआर परिक्षण सुरु गरेको छ ।
पहिलो चरणमा गाउँपालिका अन्र्तगत वडा कार्यालयमा काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मि, बजार क्षेत्रका पसल सञ्चालन गर्ने ब्यक्ति, बैंकका कर्मचारी लगायत गरि १ सय ५ जनाको स्वाब संकलन गरिएको रोहिणी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरीले बताउनु भयो । स्थानिय रामनरेश यादव आदर्श माध्यमिक बिद्यालयमा स्वाब संकलन गरिएको थियो ।
रोहिणी गाउँपालिकाको पूर्वमा रहेको रामग्राम नगरपालिका र पश्चिममा रहेको सिद्धार्थनगर नगर पालिका तथा छिमेकी मुलुक भारतमा समेत कोभिड–१९ को संक्रमितहरुको संख्या बढ्दै गई रहेकोले रोहिणी गाउँपालिकामा परिक्षण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो । उहाँले गाउँपालिका अन्र्तगतका कर्मचारी मात्र हैन जोखिममा रहेका सर्वसाधारणहरु पनि आवश्यकता अनुसार परिक्षण गर्न सक्ने सुविधा रहेको बताउनु भयो ।
भारतीय सीमामा रहेकोले रोहिणी गाउँपालिका पनि उच्च जोखिममा रहेको बताउदै यादवले जोखिममा रहेका नागरिकको पहिचानको लागी पनि परिक्षण अपरिहार्य रहेको बताउनु भयो । उहाँले पहिलो दिन बजार केन्द्रित रहे पनि आगामी दिनमा गाउँपालिका अन्र्तगतका ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरि परिक्षण गरिने बताउनु भयो । यसका साथै गाउँपालिकामा रहेका बैंक तथा अन्य बित्तिय संघ संस्थाका कर्मचारी, बढी भिडभाड हुने पसलका सञ्चालकहरुको पिसिआर परिक्षण गरिने छ ।
“हामी आफ्नो आफ्नो नागरिकको स्वास्थ्य प्रति संवेदनशिल छौं, आवश्यकता महशु गर्ने गाउँपालिकाका जो सुकै स्थानियले स्वाब परिक्षण गराउन सक्छ ।” यादवले भन्नु भयो “अहिले गाउँपालिकाको प्राथमिकता बिकास भन्दा पनि स्थानियहरुको स्वास्थ्यमा रहेको छ ।”
परिक्षणको लागी आवश्यक पर्ने भिटिएम किट गाउँपालिकाले नै खरिद गरेर पिसिआर परिक्षण गरि रहेको छ ।

≪ Previous Post

रुपन्देहीका लुम्विनी, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा लकडाउन घोषणा

Next Post ≫

रुपन्देहीमा मंगलवारदेखि ढुवानी व्यवसाय भाद्र ५सम्म बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क