बुटवल ३२ साउन
महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत २ जना प्रहरी नायब महानिरीक्षक डीआईजी मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार २ डीआईजीसहित ३७ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत सबैको बिहिबार स्वाब संकलन गरी परीक्षण गरिएका थियो । सो रीक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यस्तै, आइतबार बिहानसम्म ६२० जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जसमध्ये २४० जना कोरोना मुक्त भइसकेका छन् ।