Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द

संसारपोस्ट संवाददाता · ३२ श्रावण २०७७ · 0
लकडाउन कडाई नगरे महामारी फैलने संकेत ः बुटवल उपमहानगरपालिकाका सबै सेवा अनिश्चितकालका लागि बन्द
140
SHARES
ShareTweet

बुटवल ३२ साउन
बुटवल उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि नगरका सवै सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका ५जना अधिकृतलाई कोरोना संक्रमण देखिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै अर्को सुचना जारी नभएसम्म कोभिड ,स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले विहिवार राती देखि लकडाउन लागु गरेको भएपनि लकडाउनको औचित्य पुष्टि हुन सकेको छैन ।
नगरमा मानिस र सवारी साधनको चाँपलाई हेदा लकडाउनको खासै औचित्य देखिदैन । लकडाउनलाई कडाई गर्न सकिएन भने बुटवलमा कोरोनाले महामारीको रुप लिने निश्चित जस्तै देखिएको छ ।
बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र समुदाय स्तरमा ५० जनाको संख्यामा संक्रिय कोरोना संक्रमित थपिएको नगरपालिकाले जनाएको छ ।
बुटवल नगरपालिकाले गरेको लकडाउनमा कर्मचारीले काम नगर्ने तर वजार भरी भिडभाड गर्नुले लकडाउनको औचित्य कसरी पुष्टि हुन्छ ।
बुटवल नगरपालिकाले लकडाउनलाई कडाई गर्न गम्भिर हुन जरुरी देएिको छ ।
उपमहानगरमा बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आईतबार देखिनै लागु हुने गरि बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न अनुरोध गरेको छ । सोमवारदेखि बुटवलमा थप कडाई हुने नगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले बताउनु भयो । प्रदेशको अस्थायी राजधानी, पुर्व पश्चिम र उत्तर दक्षिणको राजमार्गको बुटवल केन्द्र भएकाले पनि वढी भिडभाड भएको प्रवक्ता रेग्मीले बताउनु भयो । सोमवार देखि हुने कडाईलाई आजवाटै माईकिगं गरिने र वडावडावाट सूचना जारी गरिने समेत उहाँले बताउनु भयो ।

≪ Previous Post

क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग

Next Post ≫

प्रहरी अस्पतालमा कार्यरत २ डीआईजी सहित ३७ मा कोरोना संक्रमण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क