बुटवल ३१ साउन
रुपन्देहीको कञ्चन गाउपालिकामा संचालित लायन्स क्लव अफ कञ्चन हरैयाद्धारा क्यान्सर रोगबाट पिडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । बिगत एक बर्ष देखि नियमित उपचार गराउदै आउनु भएकी कञ्चन गाउपालिका ३ भगवती टोल निवासी ५० बर्षिय महिलालाई क्वलवका पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक संकलन गरी उक्त सहयोग गरेको हो ।
निशुल्क मधुमेह परिक्षण कार्यक्रमकै समयमा क्यान्सर रोगबाट ग्रसित भई आर्थिक अभावका कारण नियमित उपचार गराउन नसकिरहेको थाहा पाएपछि लायन्स क्लवका सदस्यहरुले आर्थिक संकलन गरी १० हजार रुपैया तत्कालै आर्थिक सहयोग गरेको हो ।
बिरामीको आत्मवलमा कमी आउने भएकोले निजको नाम प्रकाशन नगर्ने परिवार र छिमेकीहरुको सल्लाह बमोजिम उल्लेख नगरिएको क्लवका अध्यक्ष राम बहादुर थापाले बताउनु भएको छ ।
कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०१९र२०२० का अध्यक्ष दुर्गा सिंह क्षेत्रीले क्यान्सर रोगबाट ग्रसित भई शारीरिक रुपमा असक्त हुनु भएकी महिलालाई आफु जेसुकै कारणले बिरामी परेको भएपनि आफु एक्लै नभएको महसुस नगर्न अनुरोध गर्दै सकेसम्म उपचारका लागि थप सक्दो सहयोग जुटाई स्वस्थ्य बनाउन लायन्स क्लव र छिमेकीहरु लागी पर्ने बताउनु भएको छ ।
आर्थिक सहयोग संकलनमा सहयोग गर्ने जनआस्था पृथ्वी क्लवका अध्यक्ष उदय आले र नर बहादुर राना महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको थियो ।
