Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७७ · 0
तिलोत्तमा नगर क्षेत्रमा मास्क नलगाई हिँड्नेलाई १ सय जरिवाना
90
SHARES
ShareTweet

बुटवल ३१ साउन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको सन्दर्भमा मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गराउने निर्णय पनि नगरपालिकाले गरेको छ ।
सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा शनिबार बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा हालसम्म गरिएका कामको समिक्षा गर्दै कोरोना सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गराउने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने, घर बाहिर निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्ने, मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
यस्तै बैक, वित्तीय एवं सहकारी संघ—संस्थाहरुमा जनस्वास्थ्य मापदण्ड र उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाई न्यून जनशक्ति परिचालन गर्नेगरी सेवा सुचारु गर्न सम्बन्धित संस्थाले व्यवस्था मिलाउने, भौतिक दुरी कायम हुन नसक्ने डेण्टल, सैलुन, ब्युटीपार्लर, हाटबजार, व्यायमशाला जस्ता सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय पनि सिसीएमसी बैठकले गरेको छ ।
विभिन्न निकाय एवं संघ—संस्थाबाट गरिने भेला, गोष्ठी, सेमिनार लगायतका कार्यहरु बन्द गर्ने एवं चाडपर्वको नाममा गरिने जमघटका कार्यहरु नगर्ने÷नगराउने, औषधिजन्य बाहेकका सबै प्रकारका व्यवसाय तथा पसलहरु साँझ ७ बजेभित्र अनिवार्य बन्द गर्ने, बन्द नगरेमा संक्रामक रोग ऐनबमोजिम कारवाही गर्ने निर्णय पनि बैठकले गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
नगर क्षेत्रमा कोरोनाको अवस्था पहिचान गर्न समुदायस्तरमा संभावित सबै क्षेत्रलाई समेट्ने गरी प्रतिनिधिमूलक रुपमा पीसीआर परीक्षणको दायरा बढाउने, संभावित जोखिमलाई मध्यनजर गरी नगरपालिकाद्वारा संचालित आईसोलेसन सेन्टरको थप क्षमता विस्तार गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै नगरपालिका तथा अन्तर्गतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका घरनक्सा, राजस्व, पंजीकरण, व्यवसाय÷सहकारी दर्ता र नविकरण लगायतका सेवा प्रवाह सम्बन्धी कार्यहरु आगामी भाद्र १० गतेसम्म बन्द गर्ने, कोरोना संक्रमितको मनोबल उच्च बनाउन एवं शीघ्र स्वास्थ्य लाभमा टेवा पु¥याउन छिमेकी, ईष्टमित्र, लगायत सबैले मनोबैज्ञानिक त्रास हटाउन सहयोग पु¥याउने पनि बैठकले निर्णय गरेको छ ।

≪ Previous Post

टिप्परको ठक्करवाट अर्घाखाँचीमा मोटरसाइकलमा सवार नावालकको मृत्यु

Next Post ≫

क्यान्सर पिडित महिलालाई लायन्स क्लव अफ कञ्चनद्धारा आर्थिक सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क