बुटवल ३१ साउन
शनिबार बुटवलमा कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको मुत्यु भएको छ । कोभिड १९ भाईरस संक्रमण पुष्टि भएका लुम्बिनी प्रादेशिक कोरोना अस्पताल बुटवलमा उपचारत कपिलबस्तुको मायाँदेवी गाउँपालिकाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछि यहि साउन २८ गते उनलाई कोरोना अस्पताल बुटवलमा भर्ना गरिएको थियो । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । उनको सुरुको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको थियो भने जिन एक्सपर्ट गरेर परिक्षण गर्दा कोरोना भाईरस संक्रमण पुष्टि भएको अस्पतालका डा. विष्णु गौतमले बताउनु भएको छ ।
यस अंगाडीसाउन २८ गते कोरोना भाईरस संक्रमण पुष्टि भएका कपिलबस्तुकै अर्का एकजना पुरुषको कोरोना बिशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
