Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजद्वारा ६० युनिट रक्तदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजद्वारा ६० युनिट रक्तदान

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७७ · 0
स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजद्वारा ६० युनिट रक्तदान
70
SHARES
ShareTweet

बुटवल, ३० साउन । स्याङ्जा पिडिखोला–रुपन्देही सम्पर्क समाजले शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । समाजको तेस्रो वार्षिकोत्सवको अवसर पारेर रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ६० जनाले रक्रदान गरेको कार्यक्रम संयोजक तथा संस्थाका सदस्य जयप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर संस्थाबाट रक्तदान कार्यक्रम गरिएको र कोरोना भाईरस महामारीको समयमा हुने रगतको अभाव पूर्तिमा सहयोग पुग्ने समाजका अध्यक्ष लिलाधर पौडेलले बताउनु भयो । बुटवलमा समुदाय स्तरमा कोरोना भाईरस संक्रमण बढ्दैगएपछि नगरपालिकाले शुक्रबार देखिनै लकडाउन लागु गरेको छ भने सामाजिक दुरी कायम गरेर कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।

रक्तदान कार्यक्रममा सहभागिलाई मास्क तथा सेनिटाईजर समेत वितरण गरिएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक नुमाकान्त चापागाईले मास्क तथा सेनिटाईजर सहयोग गर्नुभएको थियो भने सदस्य भविश्वर चापागाईले रक्तदातालाई नास्ता तथा जुस सहयोग गर्नुभएको थियो ।

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणले महामारीको रुपमा फैलिरहेका बेला हुने रगतको अभाव कम गर्नकालागि पनि रक्तदान कार्यक्रमले सहयोग हुने भएकाले लकडाउनका बिचमा पनि संस्थाको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको सल्लाहकार संयोजक चापागाईले बताउनु भयो ।

संस्थाका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थाका सल्लाहकारहरु कमलराज भुसाल, घनश्याम चापागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलको नामको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र

Next Post ≫

लुम्विनी प्रादेशिक अस्पतालमा पौने घण्टामै कोरोना परिक्षणको रिपोर्ट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क