Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश सरकारको अनियमिताको छानबिन शुरु : सभापति चौधरी
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश सरकारको अनियमिताको छानबिन शुरु : सभापति चौधरी

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७७ · 0
प्रदेश सरकारको अनियमिताको छानबिन शुरु  : सभापति चौधरी
90
SHARES
ShareTweet

बुटवल २९ साउन
प्रदेश ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले प्रदेश सरकारको अनियमिताको बिषयमा छानबिन शुरु गरिएको बताउनु भएको छ ।
रिर्पोर्टर्स क्लब प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै सभापति चौधरीले सरकार सुध्रिने गरी समितिले काम अघि बढाएको बताउनु भयो । सभापति चौधरीले सरकारले सार्वजनिक लेखा समितिको सुझाव कार्यान्वयनमा ध्यान नदिए अनियमितताका फाईलहरु अख्तियारमा बुझाउने चेतावनी दिनु भयो । हामीले गहन रुपमा सरकार सुध्रिनेगरी सुझाव दिन्छौं चौधरीले भन्नु भयो, सुझावलाई बेवास्ता भए फाइल अख्तियारलाई बुझाउँछौं ।
प्रदेश सचिवालयले मर्मत गरेको गाडीको फाइल, कृषि मन्त्रालयको शीत भण्डार निर्माण, लुम्बिनी भ्रमण बर्षको फाइल, सिंचाई निर्माणका फाइल समितिमा मगाएर छानबीन गरिरहेको उहाँले बताउनु भयो ।
फाइलको अध्ययन गर्दा बिनियोजित बजेटको शून्य रकम मौजाद रहनेगरी खरिद र निर्माणका कामहरु भएको समेत पाइएको हुदाँ बजेट खर्चमा बेथिती भएको बलियो प्रमाण दखिएको उहाँको भनाई रहेको छ ।
हाम्रो समितिले खर्च भइसकेपछि मात्रै हेर्ने हो, सभापति चौधरीले भन्नु भयो गत आर्थिक बर्षको अनियमितताको बिषयमा अध्ययन शुरु गरेका छौं । उहाँले बाँके, बर्दिया र दाङ जिल्लामा प्रदेश सरकारले संचालन गरेको बिभिन्न योजनाहरुको अनुगमन गरिसकेको जानकारी समेत गराउनु भयो ।
उहाँले लेखा समितिको पहलमा गत बर्ष गाडी खरीदमा करिब ३६ लाख रकम प्रदेश सरकारको संचित कोषमा फिर्ता गराएको बताउदै प्रदेश सचिवालयले गाडी मर्मतको बिषयको फाइल बिहिबार विहान ८ बजे समितिलाई बुझाएकोे समेत बताउनु भयो ।
नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राज्यले सुविधा दिएको भन्दा बढी सुविधा लिन खोज्नु गलत भएको बताउनु भयो । उहाँले प्रदेश सचिवालयको बिषयमा उठेको अनियमितालाई कानुनभित्र रहेर छानबिन भई कारर्वाही हुनुपर्ने माग गर्नु भयो । भन्ने बिषय पनि छानवीनको बिषय हुनुपर्ने उनको भनाई थियो । उहाँले अनिमितताका धेरैजसो बिषय मिलाउने नाममा मिलापत्रमा टुगिंने गरेको प्रसङ उल्लेख गर्दे त्यसरी काम भए त्यस बिषयलाई आफुहरुले चालु संसदमा उठान गर्ने बताउनु भयो । कार्यक्रम रिपोर्टर्स क्लब प्रदेश ५ का अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षमा भएको थियो ।

≪ Previous Post

लुम्बिनी मेट्रो सिटीद्वारा यातायात सेवा बन्द

Next Post ≫

लकडाउनका कारण बुटवल बजार सुनसान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क