Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउनका कारण बुटवल बजार सुनसान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनका कारण बुटवल बजार सुनसान

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७७ · 0
लकडाउनका कारण बुटवल बजार सुनसान
50
SHARES
ShareTweet

बुटवल, ३० साउन । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन र यसको सम्भावित जोखिमलाई न्युनिकरण गर्न बुटवल उपमहानगरपालिकाले बिहिबाररातीदेखि घोषणा गरेको लकडाउनका कारण बुटवल बजारमा सुनसान बनेको छ ।
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नगरपालिकाको समुदायस्तरमा समेत देखा पर्न थालिसकेकोले यसलाई थप फैलिन नदिन बुटवल उपमहानगरपालिकाले साउन २९ गते बिहिबार मध्येरातिदेखि भदौ ५ गते सम्मको लागि नगर क्षेत्रमा लकडाउनको घोषणा गरेको हो ।
लकडाउनका कारण बुटवलका धेरै जसो होटल, रेष्टुरेण्ट तथा अन्य पेशा ब्यवसाय बन्द रहेका छन् भने मानिसहरुको चहलपहल पनि निकै कम देखिन्छ । बजार क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि फाट्ट फुट्ट मात्र चलेका छन् । स्वास्थ्य सेवा बाहेकका सबै बजार पसल बन्द भएका छन् ।
लकडाउन अवधिमा अत्यावश्यकीय सेवा अन्तर्गतका स्वास्थ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी लगायतका सेवाहरु मास्क तथा पन्जा लगाएर र स्यानिटाइजर प्रयोग गरी संचालन गर्न सकिने ब्यवस्था गरिएको छ । खाद्य, किराना, र डिपार्टमेण्ट स्टोर, तरकारी, फलफूलको विक्री वितरण आवश्यक दूरी कायम गरी विहान ७ वजे देखि ११ वजेसम्म संचालन गर्ने र दुध विहान ७ देखि ११ वजेसम्म र साँझ ५ देखि ७ वजेसम्म ढुवानी तथा वितरण गर्न पाइने ब्यवस्था मिलाईएको छ ।
बैंक तथा वित्तिय संस्था र सहकारी संस्थाहरु तालिका वनाई नगरपालिकाको स्वीकृतिमा मात्र दिनको १० वजेदेखि २ वजेसम्म मात्र संचालन गर्न पाइने छ ।
प्रदेश ५ को अस्थाई राजधानी समेत रहेको बुटवल उपमहानगरपालिकामा गरिएको लकडाउनको असर बुटवलसँग जोडिएका छिमेकी पालिकाहरुमा समेत परेको छ ।
रुपन्देहीको देबदह नगरपालिकाले यसअघिनै नगरपालिका क्षेत्रमा लकडाउन गरेको छ भने तिलोत्तमा नगरपालिकाले साउन २९ गते बिहिबारदेखि भदौ १० गते सम्मका लागि नगरपालिका र मातहतका वडा कार्यालयवाट प्रवाह गरिने अत्यावस्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

≪ Previous Post

प्रदेश सरकारको अनियमिताको छानबिन शुरु : सभापति चौधरी

Next Post ≫

कानून संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधा बृद्धि लज्जाजनक ः अभिभावक संघ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क