Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने, बेलहिया बाहेकका नाकाबाट हुने आवतजावतमा रोक
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने, बेलहिया बाहेकका नाकाबाट हुने आवतजावतमा रोक

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७७ · 0
रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने, बेलहिया बाहेकका नाकाबाट हुने आवतजावतमा रोक
110
SHARES
ShareTweet

भैरहवा, २५ साउन । कोरोना भाइरसको जोखिम न्यूनीकरण र यसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले रुपन्देहीमा कडाई गर्ने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भइरसको जोखिम न्युनिकरणका लागि जिल्लामा कडाई गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी दिनमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन दिउँसोको समयमा मात्र पसल व्यवसाय संचालन गर्न दिने निर्णय गरेको छ । डिसिसिएमसिको निर्णय अनुसार अब बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्र पसल तथा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।
यस्तै भारतसँग सीमा जोडिएको बेलहिया नाका बाहेकका सबै नाकाहरुबाट आवतजावतमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । भारतमा कोरोनाको संक्रमण दर तीव्र गतिमा बढिरहेको र भारतवाट आउनेहरुकै कारण रुपन्देही संक्रमणको जोखिममा रहेकाले बेलहिया बाहेकका अन्य नाकाबाट हुने आवतजावतमा रोक लगाउने निर्णय बैठकले गरेको हो ।
जिल्लाका सबै पालिकाले अनिवार्य रुपमा एउटा क्वारेन्टिन बनाउनुपर्ने र जिल्लाका साप्ताहिक रूपमा संचालन भएका हाटबजारमा मानिसहरुको भिड बढ्न थालेकोले हाटबजार सञ्चालन नगर्न स्थानीय पालिकाहरुलाई आग्रह गर्ने लगायतका निर्णय भएको केन्द्रका संयोजक एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी गराउनु भयो ।
यस्तै बढी भिडभाड हुने प्रकृतिका कार्यालयहरु र अन्तर्राष्ट्रिय सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमणको आशंका भएकाको पिसीआर परिक्षणका लागि आवश्यक सामग्री उपलब्ध गराउन केन्द्रिय संकट व्यवस्थापन केन्द्रसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । चाडपर्व नजिक आईरहेकोले भेला, सम्मेलन, भोजभतेर गरी भीड बढाउने कार्य नगर्न पनि बैठकले आग्रह गरेको छ ।

≪ Previous Post

सुरक्षाका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न व्यापार संघको आग्रह

Next Post ≫

सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क