Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७७ · 0
सैनामैनामा लालपुर्जा पाउँदा १ सय ८८ घर परिवारमा खुशियाली
90
SHARES
ShareTweet

बुटवल २६ साउन
रुपन्देहीको सैनामैना नगरपालिका झारबैराका ८६ बर्षीय गोले दङ्गोरिया थारु खुसिले दङ भएका छन ।
लामो समयदेखी स्वामित्व पाउन नसकेको गाउँ ब्लकमा रहेको जग्गाधनी प्रमाणपत्र ( लालपुर्जा ) पाउँदा उनमा खुसियाली छाएको होे । सैनामैना नगरपालिकाले वितरण गरेका १ सय ८८ जनाले लालपुर्जा पाएका मध्ये दङ्गोरिया थारु पहिलो पुर्जा पाउने व्यक्ति हुन ।
साविक पर्रोहा वडा नं. १ को कित्ता नं. ५५ रहेका रामकृपाल थारु पनि ४४० दशमलव ३८ हेक्टर क्षेत्रफलमा रहेको जग्गाको पुर्जा पाउँदा खुसी भए । उनले भने – ‘बर्षौदेखीको प्रयास बल्ल सफल भयो । अब बैँकमा धितो राखेर पनि ऋण निकाल्न पाइने भइयो ।
थारु त एक उदाहरण मात्र हुन उनि जस्तै १ सय ८८ जनाकै अनुहारमा खुसीयाली छाएको छ ।
साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँब्लकको समस्यामा समुदायमा रहेका १ सय ८८ जनालाई पुर्जा वितरण गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनु भयो । बर्षौ देखी भोग चलन गर्दै आएका नगरबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बितरण गरिएको हो । उहाँले गतवर्ष पनि करिब ५ सय जनालाई जग्गाहरुको जग्गाधनी प्रमाण पत्र वितरण गरिएको उल्लेख गर्दै साविक दुधराक्ष गाविसका वडाहरु अझै पनि बाकी रहेको बताउनु भयो । उहाँले यो वर्ष दुधराक्षका गाउँ ब्लकको नापजाँच र श्रेस्ता तयार गरिनेछ र आउने असार मसान्त भित्र नै पुर्जा वितरण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
मेयर कार्कीले अनुसार नगरपालिकामा भएको अब्यवस्थित जग्गाको नापँ ,चाँज र श्रेस्ता तयार गरिने छ र लालपुर्जा वितरण गर्नको लागि नगरपालिकाले आफ्नो कामको पहिलो प्राथमिकता राखेको बताउनु भयो । गाउँ ब्लकमा रहेका जग्गा उचाईमा रहेकाले नगपालिकाले बाटो पुराएको छ , आवस क्षेत्रका लागि जग्गा उपयुक्त रहेको दाबी समेत मेयर कार्कीले गर्नु भयो ।
कोभिड १९ को संक्रमणका क्रममा पनि नगरपालिकाले नापी विभाग सँग समन्वय गरी पुर्जा वितरण कार्यलाई निरन्तरता दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
जिल्ला नापी कार्यलयका प्रमुख अजित कुंवरले रुपन्देहीमा विगत लामो समयदेखी बाकी रहेका करिब १४ सय ब्लक नापीहरु मध्ये यस बर्षमा करिब ८० गाउँब्लकहरु वितरण गरिएको जानकारी दिनु भयो । पहिले नापी गर्दा गाउँवस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गा धनी प्रमाण पत्र – लालपुर्जा वितरण गरेको उपप्रमुख बिना रानाले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने, बेलहिया बाहेकका नाकाबाट हुने आवतजावतमा रोक

Next Post ≫

खानेपानी संस्थान बुटवलका प्रमुख शाह पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क